
सेप्टेम्बर १०, सिड्नी : अस्ट्रेलियाले देशमा देखा परेको श्रमशक्तिको ठूलो अभाव पूर्ति गर्न एक दशकपछि पहिलो पटक स्थायी आप्रवासनसम्बन्धी सङ्ख्याको सीमा बढाएको छ।
चालु आर्थिक वर्षमा अस्ट्रेलियाले बसाइँ सरेर आउने मानिसका लागि कोटा ३५,००० ले बढाउँदै कुल एक लाख ९५ हजार विदेशी नागरिकलाई स्थायी आप्रवासनको अनुमति दिने भएको छ।
कोभिड महामारी र सीमासम्बन्धी अस्ट्रेलियाको कडा नीतिका कारण धेरै क्षेत्रमा कर्मचारीको अ-भाव बढेको छ। अस्ट्रेलियामा चीन, भारत र ब्रिटेनजस्ता देशबाट धेरै आप्रवासन हुन्छ। सरकारले तिनै देशबाट कामदारको आपूर्ति गर्न आवश्यक रहेको बताएको छ।
अस्ट्रेलियामा नेपालीको सङ्ख्या पनि उल्लेख्य छ। अहिले देशभरि विभिन्न किसिमका जागिरका लागि चार लाख ८० हजार पदहरू रिक्त छन्।
अस्ट्रेलियामा बेरोजगारी ५० वर्षयताकै सबैभन्दा कम हुँदा रोजगारदाताहरू कामदारको अभा-वका कारण उत्पन्न खाडल पुर्न सङ्घर्ष गरिरहेका छन्। पर्यटन तथा आतिथ्य, स्वास्थ्य सेवा, कृषि र सीपयुक्त दक्ष कामदार चाहिने उद्योगहरू बढी प्रभावित भएका छन्।
क्यान्बरामा गत साता भएको राष्ट्रिय रोजगार सम्मेलनका क्रममा कामदारको अभावले विमानस्थलहरू अस्तव्यस्त बनेका, फलफूल बोटमै कुहि-न थालेको र अस्पतालहरूमा ठूलो द-बाव उत्पन्न भएको बताइएको थियो।
हामी जहिले पनि अस्ट्रेलियाली नागरिकले पहिले काम पाऊन् भन्नेमा केन्द्रित हुन्छौँ । तर को-भिडको प्रभाव यति गम्भीर छ कि अन्य सबै सम्भावना सकिँदा पनि हामीलाई अझै हजारौँ कामदारको अभाव हुनेछ – कम्तीमा सानो अवधिका लागि भए पनि, गृहमन्त्री क्लेर ओ’नीलले भनिन्।
सन् २०१० को मध्यमा अस्ट्रेलियामा स्थायी आप्रवासन प्रतिवर्ष लगभग एक लाख ९० हजार पुगेको थियो। त्यो सन् २०१७ ताका घट्यो। किनभने त्यस बेला आप्रवासन राजनीतिक विवादको विषय बन्न पुगेको थियो।
सन् २०२१ मा गरिएको जनगणनाअनुसार अस्ट्रेलियाको जनसङ्ख्या दुई करोड ५५ लाख पुगेको छ।पहिलो पटक अस्ट्रेलियामा आधाभन्दा बढी जनसङ्ख्या विदेशमा जन्मिएका वा आमाबाबु विदेशमा जन्मिएका व्यक्तिको भएको खुलेको छ।
त्यो सन् २०१६ को तुलनामा २१ लाख बढी हो। त्यहाँको जनसङ्ख्याको औसत आयमा केही वृद्धि भएको छ। आधुनिक अस्ट्रेलियालाई आप्रवासीहरूले बनाएको देश भनेर चिनिन्छ।
अस्ट्रेलियामा आफूलाई आदिवासी समुदायको बताउने मानिसको सङ्ख्या पनि बढेको छ। गत वर्ष गरिएको जनगणनाले देशको कुल जनसङ्ख्याको आधाभन्दा बढी मानिस विदेशी मूलका भएको देखाउँछ।
महामा-रीका बेलामा अस्ट्रेलियामा आउने आप्रवासीहरूको सङ्ख्या घट्यो। तर सन् २०१६ यता मात्र अस्ट्रेलियामा १० लाख मानिसहरू बसाइँ सरेका थिए। त्यसमध्ये एकचौथाइ मानिस भारतका हुन्। अहिले अस्ट्रेलियामा पाँचमध्ये एक व्यक्तिले घरमा अङ्ग्रेजीबाहेक अर्को भाषा बोल्ने गर्छन्। बिबिसी