२०८० आश्विन १४ आईतवार
  • काठमाडौँ

मलेसियामा एक नेपालीले पाए मृ-त्युद’ण्डको सजा’यबाट सफाइ !

सेप्टेम्बर ९, क्वालालम्पुर : मलेसियाको पुनरावेदन अदालतले एक नेपालीको मृ-त्युद’ण्डको स-जायलाई जेल सजायमा परिवर्तन गरिदिएको छ ।

मलेसियामा रहेको नेपाली दूतावासका अनुसार रोजगारीका लागि मलेसिया पुग्नुभएका धनुषाको गोविन्दपुरका सुरज देव साह तेलीलाई सुनाइएको मृ-त्युद’ण्डको सजायलाई पुनरावेदन

अदालतले १२ वर्ष जेल सजा-यमा कायम गरिदिएको हो ।
मलेसियामा रोजगारी गरिरहनुभएका सुरज सन् २०१६ मा कर्तव्य ज्या-न अभियोगमा पक्रा-उ पर्नुभएको थियो ।

गएको अगस्टमा उहाँलाई मलेसियाको फौज-दारी संहिताको दफा ३०२ अनुसार मृ-त्युदण्डको सजाय तोकिएको दूतावासले जनाएको छ । तर अदालतको फैसला र मृत्युदण्डको सजाय सम्बन्धमा गरिएको पुनरावेदनमा मलेसियाको पुत्रजयास्थित पुनरावेदन

अदालतले आज बिहीबार(८ सेप्टेम्बर २०३३) मृ-त्युद’ण्डको स-जायलाई १२ वर्ष जेल सजा-यमा परिवर्तन गरिदिएको हो । पुनरावेदन अदालतको यो फैसलापछि अब सुरज देव साह बाँकी सजाय सकिएपछि नेपाल फर्कने दूतावासले जनाएको छ ।

२०७९ भाद्र २३, बिहीबार प्रकाशित 1 Minute 167 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।