२०७९ माघ २१ शनिबार
  • काठमाडौँ

युएई रोजगार – रोजगारी खोज्न चाहनेलाई छुट्टै भिसा दिने !

काठमाडौँ : भदौ २३, म रोजगारी खोज्न चाहनेलाई यूएईले छुट्टै भिसा दिने भएको छ । यूएई सरकारले रोजगारीका अवसरहरू खोज भनेर नै प्रवेश अनुमति दिने गरी यो भिसाको डिजाइन गरेको हो ।

यूएई सरकारको घोषणा अनुसार यूएईमा जागिर खोज्ने गरी पाइने भिसामा कोही पनि स्पोन्सर वा होस्ट आवश्यक पर्दैन । यो भिसाले मल्टिपल इन्ट्रीको विकल्प दिने छ । यस्तो भिसा ६० दिन अर्थात् दुई महिना अवधिको हुने छ ।

यो अवधिमा यूएईमा रहेर आफूले चाहे अनुसारको काम खोज्न सकिन्छ । यो भिसाका लागि आवेदन कसरी दिने र के कस्ता कागजात चाहिने लगायतका विवरण भने सार्वजनिक गरिएको छैन । तर यूएई सरकारले यस भिसामार्फत दक्ष र व्यवसायीक युवाहरूलाई लक्षित गरेको छ ।

आउँदो अक्टोबर ३ देखि यो भिसा कार्यान्वयनमा आउने छ ।
भिसाको समयावधि सकिएमा वा रद्द गरिएमा युएई छोड्न ६ महिनाको समयावधि दिइनेछ ।

यसअघि सामान्यतया भिसा रद्द भएको वा भिसाको म्याद गुज्रिएको एक महिनाभित्रमा युएई छोड्नुपर्ने नियम थियो ।
यस्तै, यूएई आउँदो अक्टोबर ३ देखि नै आप्रवासीहरूलाई गोल्डेन भिसा पनि दिन थाल्ने भएको छ ।

२०७९ भाद्र २३, बिहीबार प्रकाशित 0 Minutes 143 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।