२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

साउदी रोजगार – ७८ नेपालीले पाए वहिर्गमन भिसा, एक महिनामा २४ नेपालीको मृ-त्यु !

भदौ २२, काठमाडौँ : एक महिनाको अवधिमा युनाइडेट अरब इमिरेट्स युएईमा २४ जना नेपालीको मृ-त्यु भएको छ । गत साउन महिनामा उनीहरुको मृ-त्यु भएको युएईस्थित नेपाली

दूतावासले जनाएको छ । मृ-त्यु हुनेहरु वैदेशिक रोजगारीको सिलसिलामा युएई जानेहरु हुन् । गत आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक रोजगारीको सिलसिलामा युएई गएकामध्ये १७४ जनाले ज्या’न गुमा-एका थिए ।

ज्यान गु’माउनेमध्ये १६७ जनाको श-व नेपाल ल्याइएको थियो भने ७ जनाको अन्तिम संस्का-र युएईमा नै गरिएको थियो ।
गत आर्थिक वर्ष युएईमा मृ-त्यु भएकाको परिवारलाई सम्बन्धित कम्पनीले क्षति-पूर्ति स्वरुप ३२ लाख ७५ हजार ७६३ युएई दिराम प्रदान गरेका थिए ।

साउदीमा अवैध बनेका ७८ जना नेपालीले पाए वहि-र्गमन भिसा

वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगी विभिन्न कारणले अवैध बनेका ७८ जनालाई स्वदेश फर्कन स्थानीय प्रशासनले वहि-र्गमन ( एक्जिट) भिसा दिएको छ ।

ती वहिर्गमन भिसा २६ अगष्टदेखि १ सेप्टेम्बर सम्मको अवधिमा प्राप्त भएको साउदीको रियादस्थित नेपाली दूतावासले जनाएको छ । साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (इकामा)

नवनाईएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक वहिर्गमन भीसाका लागि सम्बन्धित साउदी निकायमा दूतावासले अनुरोध गरेको थियो ।

सोही अनुरोधअनुसार ७८ जना नेपालीलाई वहिर्गमन भिसा प्रदान गरिएको हो । यस्तो भिसा लागेको ६० दिन भित्र अनिवार्य रूपमा साउदी अरब छोड्नु पर्ने साउदी नियम रहेको छ ।

वहिर्गमन भिसा प्रक्रिया निःशुल्क हुने भए पनि वहिर्गमन भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्ने दूतावासले जनाएको छ । राजधानी दैनिकमा खबर छ ।

२०७९ भाद्र २२, बुधबार प्रकाशित 1 Minute 135 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।