
भदौ १५,काठमाण्डौ : साउदीको पूर्वी क्षेत्रमा रहेका नेपाली श्रमिकको समस्या समा-धानका लागि थप एक जना कर्मचारी खटाइने भएको छ ।
साउदीको पूर्वी क्षेत्र दमाम, जुवेल, खब्जी, खोबर, कतिफ र अलहासा क्षेत्रमा ठुलो सङ्ख्यामा नेपाली श्रमिक कार्यरत रहेको र यी क्षेत्रमा रहेका श्रमिकहरू समस्यामा पर्ने क्रम पनि
बढेको भन्दै उनीहरूको समस्या समाधानका लागि थप एक जना कर्मचारी खटाइने साउदीमा रहेको नेपाली दूतावासले जनाएको छ । यसअघि यो क्षेत्रमा समस्यामा परेका श्रमिकको समस्या समाधानका लागि एक जना कर्मचारीले काम गरिरहेका छन् ।
तर समस्यामा पर्ने श्रमिकको सङ्ख्या बढ्दै जाँदा कर्मचारी पनि बढाउनु परेको दूतावासको भनाइ छ । आउँदो कार्त्तिक १ गतेदेखि थप एक जना दूतावासका कर्मचारी यो क्षेत्रमा खटिने छन् ।
पूर्वी क्षेत्रमा रहेका श्रमिकका समस्या सुन्न र समा-धानका लागि छुट्टै दुई जना कर्मचारी हुँदा सहज हुने दूतावासले जनाएको छ । अहिले साउदीको रियादमा नेपाली दूतावासको कार्यालय रहेको छ भने साउदीकै जे’द्दामा महावा-णिज्य दूतावास रहेको छ ।