२०७९ आश्विन १९ बुधबार
  • काठमाडौँ

दक्षिण कोरियामा एक लाख ३८ हजार सङ्क्र’मित !

अगस्ट २०, सोल : दक्षिण कोरियामा को-रोना भाइ’रसबाट थप एक लाख ३८ हजार आठ सय १२ जना सङ्क्रमित भएका छन्। दक्षिण कोरियामा पछिल्ला केही हप्ता दैनिक एक

लाखभन्दा बढी नयाँ सङ्क्रमित हुने गरेका छन्। योसँगै अहिलेसम्म कुल सङ्क्र-मितको सङ्ख्या दुई करोड २० लाख ३७ पुगेको छ। स्वास्थ्य अधिकारीहरुले शुक्रबार दिएको

जानकारीअनुसार गत हप्ता औसतमा दैनिक सङ्क्र-मितको सङ्ख्या एक लाख २६ हजार नौ सय २६ रहेको थियो। बिहीबार सार्वजनिक गरिएको विवरणमा भने शुक्रबारभन्दा धेरै सङ्क्र’मित भएको देखिएको थियो।

अहिले सङ्क्र-मित अवस्थामै रहेका मध्ये चार सय ९२ जनाको अवस्था गम्भीर रहेको स्वाथ्य अधिकारीहरुले जनाएका छन्। यो सङ्ख्या अघिल्लो दिनको भन्दा २२ बढी हो।

पछिल्लो एक दिनमा को-रोनाका कारण दक्षिण कोरियामा ८३ जनाको मृत्यु भएको छ। योसँगै अहिलेसम्म को-रोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या कोरियामा २५ हजार ८९६ पुगेको छ।

२०७९ भाद्र ४, शनिबार प्रकाशित 1 Minute 103 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार