२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

अष्ट्रेलियामा स्थायी बसोबासको २ लाख भिसा थप गर्ने तयारी !

भदौ २, अष्ट्रेलिया : अष्ट्रेलिया सरकारले स्थायी बसोबासको २ लाख भिसा थप गर्ने तयारीमा जुटेको छ । दक्ष कामदारको अभाव थप गहिरिदै गएपछि सरकारले यो निर्णय लिएको हो ।

अष्ट्रेलिया सरकारले आगामी सेप्टेम्बर १ र २ तारिखमा क्यानबेरामा आयोजना गरिने रोजगार तथा सीप सम्मेलनमार्फत आप्रवासीको संख्या हेरफेर गर्ने गृहकार्य अघि बढाएको हो ।

सरकारले कामदार अभावको समस्या समाधानका लागि स्थायी भिसाको संख्यालाई थप गर्ने छलफल अगाडी बढाएको रोजगार मन्त्री ब्रेन्डन ओ कोनरले बताउनुभयो ।

देशमा देखिएको कामदार अभावको समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको समेत उहाँको जिकिर छ ।यता, बिपक्षी पार्टी लिबरलका नेताले भने रोजगार तथा सीप सम्मेलन र सरकारको प्रतिबद्धतालाई सस्तो लोकप्रियताको फण्डा भएको दाबी गर्दैआएका छन् ।

को-रोना महामा’रिका कारण करिब दुई वर्षसम्म सीमा सील गरेको अस्ट्रेलिया यतिबेला दक्ष कामदारको अभाव मात्रै झेलिरहेको छैन थुप्रै व्यवसायहरू कामदार अभावकै कारण बन्द भएका छन् ।

बिशेषगरि एजकेयरमा कामदार अभावसँगै कामदार पलायनदर बढेको छ ।महामा-री अघि स्थायी भिसाका लागि १९०,००० संख्या तोकेको अष्ट्रेलिया सरकारले सन् २०१९ मा यो संख्यालाई केही कम गदै बर्सेनि १६०,००० स्थायी भिसा दिन थालेको थियो।

अस्ट्रेलियाका विभिन्न सङ्गठनहरूले आप्रवासी कामदार र अस्थायी भिसामा रहेकाहरूको अवस्थाका बारेमा चासो देखाएपनि कामदार अभावको समस्या हल हुन सकेको छैन ।

सरकारले कामदार परिपूर्तिका लागी दक्ष कामदार अस्ट्रेलिया भित्राउने र यही रहेका अस्थायी भिसा भएकालाई स्थायी बसोबासका लागि सहजिकरण गर्ने बताउँदैआएको छ ।

२०७९ भाद्र २, बिहीबार प्रकाशित 1 Minute 1002 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।