२०७९ माघ २१ शनिबार
  • काठमाडौँ

यो बर्षको अस्ट्रेलियावासीको दशैं तिहार संगीतमय हुने !

अगस्ट १८,सिड्नी : अस्ट्रेलियावासीको यस पटकको दशै तिहार संगीतमय हुने भएको छ। नेपाली पप क्षेत्रका चर्चित गायक नवीन के भट्टराई तथा सुगम पोखरेलसँगै नेपाल

आइडल ४ का प्रतियोगी आदेश पौडेलले यो बर्षको दशै तिहारमा अस्ट्रेलियाका विभिन्न ठाँउमा आफ्नो सांगितिक प्रस्तुति दिने भएका छन।

उक्त कार्यक्रम अस्ट्रेलियाको डार्विन, एड्लेड, क्यान्बेरा, पर्थ, मेल्बर्न, सिडनी, लाउन्सेटन, बृस्बेन, गोलकोस्ट, नियुक्यासल लगायतका ठाउँमा आयोजना हुनेछ।

अस्ट्रेलियामा केही वर्षपछि आफ्नो सांगितिक प्रस्तुति दिन लागेकोमो आफू उत्साहित भएको गायक नवीन के भट्टराईले बताए।

त्यस्तै,अर्का गायक सुगमले पनि यो वर्षको ठूलो चाड संगीतमय हुनेमा आशा ब्यक्त गरे। साथै,उनले आफ्ना नया तथा पुराना गीत सुनाउने बताए।

त्यस्तै,आदेशले पनि आफ्नो पहिलो सांगितिक यात्रा अग्रजसँग गर्न पाउँदा भाग्यमानी भएको र कार्यक्रमको लागि उत्साही भएको बताए। कार्यक्रम सेप्टेम्बर २३ देखि अक्टोबरको अन्तिम सातासम्म हुनेछ। प्रवास खबर

२०७९ भाद्र १, बुधबार प्रकाशित 0 Minutes 127 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।