२०७९ आश्विन १० सोमबार
  • काठमाडौँ

साउदीमा १६ जना नेपाली अलपत्र !

साउन ३०, काठमाडौँ : करिब ९ महिनाअघि आकर्षक रोजगारीको प्रलोभनमा साउदी अरब पुगेका १६ जना नेपाली कम्पनीले कोठाबाट निकालेपछि भो-क भोकै सडकमै दिनरात

बिताउन बाध्य भएका छन् । काठमाडौँमा रहेको यात्रा एचआर सोलुशन प्रालिलाई प्रतिव्यक्ति १ लाख ७० हजारदेखि २ लाखसम्म बुझाएर साउदी अरबमा रहेको युनियन कनट्र्याक्ट नामको कम्पनीमा पठाएको र म्यानपावरले सम्झौता गरे

अनुसारको काम र तलब नपाएपछि अल-पत्र परेको पी-डितहरूले बताएका छन् । म्यानपावरले सम्झौता गरे बमोजिम काम र तलब नपाएपछि हामी विगत ९ महिनादेखि अलपत्र अवस्थामा छौ, पी-डित मोहन कुमार चौधरीले भने, सुरुको दुई/तीन महिना काम पनि गरेका थियौ, त्यसपछि हामीले काम

पाएका छैनौ म्यानपावर कम्पनी आज हुन्छ, भोलि हुन्छ भनेर झु-क्क्याउने काम मात्र गरेको छ । आफूहरूको समस्या लिएर रियादस्थित नेपाली दूतावासको शरणमा पुग्दा पनि कुनै सुनवाइ नभएको पी-डितहरूले बताएका छन् ।

८० जनाको ग्रुपमध्ये ६४ जनालाई म्यानपावरले उद्धार गरी नेपाल फर्काएको तर आफूहरूलाई सौतेनी आमाको जस्तो व्यवहार भएको उनीहरू बताउँछन्। चाँडो उ-द्धारको माग गर्दा म्यानपावरले अझै ६ महिना साउदीमै राख्छु भन्ने धम्की दिएको पीडितहरूको भनाइ छ ।

उनीहरूलाई साउदी प्रहरीले भेटेर समस्याबारे जानकारी लिएको र कम्पनीको मालिकलाई सम्पर्क गरी बस्ने व्यवस्था मिलाउन भनेको छ तर कम्पनी प्रशासनले कुनै चासो नदिएको उनीहरूले बताए ।

लामो समयदेखि कामविहीन भएर बस्नुपर्दा खानाको लागिसमेत पैसा नभएकोले भोकै बस्नु परेको उनीहरूले दुखेसो पोखे । आफूहरूलाई सकुशल उद्धार गरी स्वदेश फर्कने वातावरण मिलाइदिन र म्यानपावरका सञ्चालकलाई कारबाही गरी

क्ष-तिपूर्ति दिलाइदिन उनीहरूले नेपाल सरकार, श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग, नेपाली दूतावास लगायत सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

उद्धारका लागि विभिन्न निकायहरूलाई अनुरोध गरिरहेको भए पनि अहिलेसम्म कतैबाट पहल भएको छैन । साउदीमै रहेका एजेन्ट वीरेन्द्र राई पनि समस्या समाधान गर्नुको सट्टा तिमीहरूले जे गर्छौ गर भनेर धम्की दिने गरेको उनीहरूले बताए ।

२०७९ श्रावण ३०, सोमबार प्रकाशित 1 Minute 71 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार