२०८० फाल्गुन २१ सोमबार
  • काठमाडौँ

साउदी रोजगार – साउदीमा ९३ नेपालीलाई ‘एक्जिट भिसा’ ६० दिनभित्र देश छाडनुपर्ने !

अगस्ट १२, साउदी : खाडी मुलुक साउदीअरब मा अवैधानिक रुपमा बसेका ९३ जना नेपालीले बहिर्गमन (एक्जिट) भिसा पाएका छन्।

रियादस्थित नेपाली दूतावासका अनुसार ५ देखि ११ अगष्टसम्मको अवधिमा रियाद र दमामबाट एक्जिट भिषाका लागि प्रक्रिया थालिएकामध्ये ९३ जना नेपालीले सो भिषा

प्राप्त गरेका छन। साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र नबनाएका,नवीकरण नगरिएका वा हुरूब लगाइएका

नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक भिसाका लागि दुतावासले साउदी अरब सम्बन्धित निकायमा अनुरोध गरेको थियो। जसअनुसार साउदी सरकारले ९३ जना नेपालीलाई

सो भिषा उपलब्ध गराएर नेपाल फर्कने बातावरण तयार गरिदिएको छ। एक्जिट भिसा लागेका नेपालीहरूले दूतावासबाट भिसा लिएर जान र ६० दिनभित्र अनिवार्य रूपमा साउदी अरब छोड्नसमेत रियादस्थित नेपाली दूतावासले निर्देशन दिएको छ।

२०७९ श्रावण २७, शुक्रबार प्रकाशित 0 Minutes 197 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।