
साउन २३, अष्ट्रेलिया : स्वास्थ्य सेवा अन्तर्गत रहेर बिरामीको हेरचाह र उपचारमा नर्सले महत्त्वपूर्ण जिम्मेवारी बहन गर्ने हुँदा यस पेशाको माग दिन प्रति दिन बढ्दो छ।
बिगतका बर्षहरुमा अष्ट्रेलियामा नर्सिङ्ग विषय सम्बन्धि अध्ययन गर्ने विद्यार्थीले स्वास्थ्य सेवाका उत्कृष्ट दश जागिरहरु मध्ये छ जागिर पाउन सफल भएका छन्।
नर्सिङ पेसामा आबद्ध व्यक्तिले अष्ट्रेलियामा औसत वार्षिक ७५,७०० अष्ट्रेलियन डलर आर्जन गर्न सक्छ। आउँदो पाँच वर्षमा नर्सिङ पेसाको माग ७.६ प्रतिशतले बढ्ने अनुमान गरिएको छ।
अष्ट्रेलियामा नर्सको योग्यता ,काम सम्बन्धि अनुभव साथै सम्बन्धित काममा विशेष दक्षता ( स्पेसलाइजेसन ) का आधारमा तलब तोकिएको हुन्छ।पेस्केलका अनुसार, यस्तो छ अष्ट्रेलियामा नर्सको औसत वार्षिक तलब :
१ – अक्युट केयर नर्स – ७६,८०० देखि ८०,००० अष्ट्रेलियन डलर २ – क्रिटिकल केयर नर्सिङ्ग – ७८,८०० देखि ८५,५०० अष्ट्रेलियन डलर
३ – नर्सिङ्ग असिस्टेन्ट – ६८,९०० देखि ७५,५०० अष्ट्रेलियन डलर ४ – निओनेटल नर्स प्राक्टिसनर – ८२,१०० देखि ८८,९०० अष्ट्रेलियन डलर
५ – नर्स मिडवाइफ़ – ८८,४०० देखि ९५,००० अष्ट्रेलियन डलर ६ – मेन्टल हेल्थ नर्स – ६८,९०० देखि ७५,५०० अष्ट्रेलियन डलर
७ – हेड नर्स – ७८,३०० देखि ८५,५०० अष्ट्रेलियन डलर ८ – नर्सिङ्ग सुपरभाइजर – ८७,६०० देखि ९५,००० अष्ट्रेलियन डलर
९ – सैकाट्रिक (मनोचिकित्सक) नर्स – ७६,३०० देखि ८०,००० अष्ट्रेलियन डलर १० – नर्सिङ्ग कोअर्डिनेटर – ८३,३०० देखि ८८,९०० अष्ट्रेलियन डलर ११- नर्स प्राक्टिसनर – ७६,४०० देखि ८०,००० अष्ट्रेलियन डलर