२०८० आश्विन १२ शुक्रबार
  • काठमाडौँ

अष्ट्रेलियामा ‘पिआर’ दिलाउन सक्ने कोर्सहरु यस्ता छ्न ।

सिड्नी, अष्ट्रेलिया : बलियो अर्थतन्त्र ,विश्व स्तरीय शिक्षा प्रदान गर्ने विश्व विद्यालय हरु ,उच्च स्तरको जीवन शैली, आकर्षित परिदृश्य भएको कारण करीब चार लाख भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थी अष्ट्रेलिया आउने गर्दछन्।

अन्तर्राष्ट्रिय विद्यार्थीले दुई वर्ष अष्ट्रेलियामा अध्ययन गरेपछि पोस्ट स्टडी वर्क भिसाका लागि आवेदन दिन सक्छन्। यस किसिमको भिसामा रहने विद्यार्थीले अस्थाई रुपमा अष्ट्रेलियामा बस्न ,पढ्न र काम गर्न अनुमति पाउँछ।

जनरल स्किल्ड माइग्रेसन भिसाका लागि आवेदन दिने व्यक्तिको पेशा ,योग्यता र सीप भने अष्ट्रेलियाको स्किल्ड अकुपेसन लिस्टसँग मेल खानुपर्छ।प्रत्येक वर्ष अष्ट्रेलिया सरकारले उच्च माग रहेको पेशाको सूचि निकाल्ने गर्दछ।

सो सूचीमा रहेका पेशासँग सम्बन्धित विषयमा ग्राजुएट गर्ने विद्यार्थीको पिआर पाउने सम्भावना बढी हुन्छ।अष्ट्रेलियाको पिआर दिलाउन सक्ने पाँच कोर्सहरु हेर्नुहोस ।

१. एकाउनटेन्सी

एकाउनटेन्सी अष्ट्रेलियामा सबभन्दा बढी माग हुने पेशा अन्तर्गत पर्दछ। एकाउनटेन्ट पेशामा आबद्ध व्यक्तिले संस्थाहरुमा कर, फाइनान्स तथा आय-व्यय सम्बन्धि काम गर्नुपर्ने हुन्छ।

२. इञ्जिनियरिङ्ग

अष्ट्रेलियाका विभिन्न क्षेत्रमा इन्जिन्यरिंग पेशाको माग बढ्दो छ। जस्तै : केमिकल इन्जिनियर ,सफ्टवेर इन्जिनियर ,मेकानिकल इन्जिनियर,सिभिल इन्जिनियर,स्ट्रकचरल इन्जिनियर,

एरोनटिकल इन्जिनियर,एग्रीकल्चरल इन्जिनियर,बायोमेडिकल इन्जिनियर, इनभाइरोमेन्टल इन्जिनियर,टेलीकम्युनिकेसन इन्जिनियर आदि। अष्ट्रेलियामा इञ्जिनियरिङ्गको पढाई र काम गर्ने व्यक्तिको पिआर पाउने सम्भावना बढी हुन्छ।

३. नर्सिङ्ग

अष्ट्रेलिया संसारका उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने देशहरु मध्ये पर्दछ। साथै यहाँ विश्वस्तरीय नर्सिङ्ग युनिभर्सिटीहरु रहेका छन्। यहाँका नर्सिङ्ग युनिभर्सिटीहरुमा बढ्दो माग भएका

नर्सिङ्ग कोर्सहरु रहेका छन्। जस्तै : नर्स (कम्युनिटी हेल्थ ),नर्स (मेडिकल प्राक्टिसनर),नर्स (चाइल्ड एण्ड फ्यामली हेल्थ ), नर्स ( मेन्टल हेल्थ ) , नर्स (सर्जिकल ), नर्स ( पिडिया ट्रिक )।

४. कम्प्युटर एण्ड इन्फोरमेसन टेक्नोलोजी

आइटी पेशाको माग संसार भरिनै बढी रहेको छ। अष्ट्रेलियाको बढ्दो अर्थतन्त्रमा पनि यस पेशाको उच्च माग रहेको छ। अष्ट्रेलियाका युनिभर्सिटीबाट आइटी ग्राजुएट गरेका तथा अष्ट्रेलिया बाहिरको युनिभर्सिटीबाट आइटी ग्राजुएट गरेका विद्यार्थीले अष्ट्रेलियामा सहजै जागिर गर्ने अवसर पाउँछन्।

५. एजुकेसन एण्ड टिचिंग

अष्ट्रेलिया उच्च स्तरको शिक्षा प्रदान गर्ने देश हो। अष्ट्रेलियामा एजुकेसन तथा टिचिंगको कोर्स पूरा गरेको विद्यार्थीले पिआरका लागि आवेदन दिन सक्छ। एजुकेसन तथा

टिचिंगको कोर्स गरेको व्यक्तिले स्पेसल नीड्स टिचर ,प्रि-प्राइमरी टिचर ,प्राइमरी तथा सेकेन्डरी टिचर ,भोकेसनल एजुकेसन टिचर , ल्याङ्गुएज टिचर तथा युनिभर्सिटी लेक्चरर का रुपमा काम गर्न सक्छन्।

२०७९ श्रावण २०, शुक्रबार प्रकाशित 1 Minute 1009 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।