
सिड्नी अस्ट्रेलिया : अष्ट्रेलियामा प्रहरीको जागिर सम्मानीय जागिरमा पर्छ। अन्य देशबाट आएर अष्ट्रेलिया बसोवास गरिरहेकाहरु पनि अष्ट्रेलियन सुरक्षा विभागमा जागिरे हुन सक्छन्।
अष्ट्रेलियन सुरक्षा विभागमा तलब तथा सुविधा पनि आकर्षक हुन्छ। तर जागिरको लागि अष्ट्रेलियाको पीआर पाएर नागरिकताको लागि योग्य भइसकेपछि मात्र प्रक्रिया अगाडी बढाउन सकिन्छ। अष्ट्रेलियन प्रहरीमा भर्ति हुनका लागि आवश्यक न्युनतम योग्यता ।
१ – अष्ट्रेलियाको नागरिकता प्राप्त भएको हुनुपर्छ। कुनै राज्यले पीआर होल्डरले पनि आवेदन दिन सक्ने उल्लेख गरेका हुन्छन्।
२ – उमेरको हद अठार वर्षभन्दा माथि हुनुपर्छ।
३ – मान्यता प्राप्त ड्राइभिंग लाइसेन्स हुनुपर्छ।
४ – सम्बन्धित पदका लागि चाहिने योग्यता अनुसारको शैक्षिक प्रमाणपत्र हुनुपर्छ।
५ – प्राथमिक उपचार सम्बन्धि सर्टिफिकेट प्राप्त हुनुपर्छ। ६ – ननस्टप फ्रिस्टाइल सय मिटरसम्म पौडी खेल्न सक्नुपर्छ।
७ – चारित्रिक प्रमाण सफा हुनुपर्छ।
८ – ड्रग्स जस्ता नशामा नलागेको हुनुपर्छ।