२०८० आश्विन १२ शुक्रबार
  • काठमाडौँ

कोरियामा गत महिना आयातित कार बिक्रीमा १२.२ प्रतिशत कमी !

अगस्ट ४, सियोल : लामो आपूर्ति अभावका कारण दक्षिण कोरियामा आयातित कार बिक्री गत महिना (अगस्ट)मा दोहोरो अंकको गिरावट आएको तथ्याङ्कले बुधबार देखाएको छ ।

कोरिया अटोमोबाइल्स इन्पोर्टर्स एण्ड डिस्ट्रिब्यूटर्स एसोसिएसनका अनुसार यहाँ आयात गरिएका गाडीहरूको संख्या जुलाईमा २१ हजार ४२३ थियो र यो एक वर्ष पहिलेको भन्दा १२.२ प्रतिशतकम हो ।

यस वर्षको पहिलो सात महिनासम्म आयात गरिएका गाडीको घरेलु बिक्री एक लाख ५२ हजार ४३२ रहेको थियो । गत वर्षको सोही अवधिको तुलनामा यो ११.५ प्रतिशतले घटेको हो ।

जर्मनीको बहुराष्ट्रिय कम्पनी बिएमडब्ल्यूले गत महिना पाँच हजार ४९० सवारी साधन बेचेर दक्षिण कोरियामा विदेशी कम्पनीहरूमाझ सबैभन्दा बढी सवारी साधन बेच्ने कम्पनी बनेको छ भने जर्मन कार निर्माता मर्सिडिज बेन्जले

दोस्रो धेरै पाँच हजार ४५६ सवारी साधन बिक्री गरेको छ ।
त्यसैगरी अडीले एक हजार ८६५, भोक्सवागनले एक हजार ४१ र भोल्वोले एक हजार १८ सावारी साधन बेचेको छ ।

यहाँ बेचिएको युरोपेली मोडलका सवारी साधनको सङ्ख्या जुलाईमा १७ हजार ३४० थियो र यो कूल विदेशी कारको ८०.९ प्रतिशत हो । अमेरिका र जापानी ब्रान्डले गत महिना क्रमशः १२.२ प्रतिशत र ६.८ प्रतिशतको बजार पाएका देखिएको छ ।

२०७९ श्रावण १८, बुधबार प्रकाशित 0 Minutes 183 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।