२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

अष्ट्रेलियामा बढेको बढयै बैंकको व्याजदर, व्यवसायी भन्दा विद्यार्थीहरु मारमा !

अगस्ट ३, सिड्नी, अष्ट्रेलिया : रिजर्व बैंक अफ अष्ट्रेलियाले पुनः ब्याजदर बढाएको छ। बढ्दै गएको मुद्रा-स्फीतिलाई सन्तुलन गर्न भन्दै रिजर्व बैंकले लगातार चौथो महिना पनि व्याजदर बढाएको हो।

रिजर्व बैंकको मासिक बैठकमार्फत ब्याजदर ५० आधार बिन्दुले बढाइएको छ । यो महिना मात्रै अष्ट्रेलियाको ब्याजदर थप ०.५ प्रतिशतले बढेको छ। पछिल्लो वृद्धिसँगै अष्ट्र्रेलियाको ब्याजदर १.८५ पुगेको छ।

जुलाइमा यो दर १.३५ प्रतिशतमा सिमित थियो। रिजर्व बैंकले सन् १९९० पछि लगातार चार महिनासम्म ब्याजदर बढाएको यो नै पहिलो घटना हो। अहिलेको वृद्धिले गत हप्ता वार्षिक मुद्रा-स्फीतिमा भएको ६.१ प्रतिशतको वृद्धिलाई पछ्याएको छ।

यो मुद्रास्फिति २००१ पछि कै सबैभन्दा धेरै भएको भन्दै अर्थतन्त्रका ज्ञाताहरुले चासो व्यक्त गरेका छन् । मंगलबार बढेको ब्याजदरसँगै अब घरका लागि ५ लाख डलर ऋण

लिएका व्यक्तिहरूले प्रतिमहिना १४० डलर थप किस्ता बुझाउनु पर्ने भएको छ। निरन्तर बढेको व्यजदरले ऋ-ण कारोबारमा व्यवसाय गर्नेहरुलाई समस्यामा पार्दैगर्दा क्रिसमसअघि अझै बढ्ने चर्चा चलिरहेको छ । नेपाल ट्युब

२०७९ श्रावण १८, बुधबार प्रकाशित 1 Minute 789 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।