
एजेन्सी : अस्ट्रेलियामा पतिसँग सम्बन्धविच्छेद भएपछि अस्ट्रेलियाको मेलबर्नकी २९ वर्षीया गेब्रिएला लेडोल्फीले स्थानीय रेस्टुरेन्टमा साथीहरूसँग ‘डिभो-र्स पार्टी’ आयोजना गरिन् ।
उनी पेशाले शिक्षक हुन् । रेस्टुरेन्टमा डिभोर्स पार्टी चल्दाचल्दै गेब्रिएलाको वेटर २८ वर्षीय जन लेडोल्फीसँग लभ प-र्यो । केही दिनको नियमित सम्पर्कपछि दुवैले विवाह गरेका
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गेब्रि-एलाले विवाह गरेको १० वर्षपछि पतिसँग सन् २०१९ मा डिभोर्स गरेकी थिइन् । त्यसपछि वेटरसँग उनको लभ परेको हो ।
लभ गहिरिँदै गएपछि दुवैले विवाह गरे । अहिले दुवैको बच्चा जन्मिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम मिररसँग कुरा गर्दै गेब्रिएलाले आफूले वेटरसँग विवाह होला भन्ने कहिल्यै नसोचेको बताइन् । रेस्टुरेन्टमा उससँग कुरा गर्दा ऊ धेरै सानदार व्यक्ति भएको लाग्यो, उनले भनिन् ।