२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

साउदीका राजकुमार सलमानलाई जस्ले खल-नायक देखायो उसैले रातो कार्पेट बिछ्यायो ।

काठमाडौ १५, साउन : कुनैपनि शक्तिराष्ट्रले आफ्नो राष्ट्रिय स्वार्थलाई प्राथमिकतामा राख्छ भन्ने उदाहरण साउदी अरबका राजकुमार मोहम्मद विन सलमानलाई यूरोपमा रातो कार्पेट बिछ्याइएको घ-टनाबाट पुष्टि हुन्छ ।

सलमान कुनैबेला पश्चिमा देशहरुले खलपात्रको ट्याग लगाएका शासक हुन् । वासिङ्टन पोष्टका पत्रकार जमाल खसोगीको टर्कीको इस्तानबुलस्थित साउदी राजदूतावासमा सन् २०१८ मा भएको हत्यामा उनैलाई मुख्य योजनाकारका रुपमा आ-रोप लगाइएको थियो ।

यूरोपसहित पश्चिमा देशहरुले सलमानको चर्को आ’लोचना गरे ।
संयुक्त राष्ट्रसंघले गैरन्यायिक ह-त्याको ठहर गरेको थियो जसमा साउदी अरबलाई जिम्मेवार ठहरायो । अमेरिकी गुप्त-चर निकायहरुले सलमानले योजनालाई अनुमोदन गरेको जसले खसोगीको मृ-त्यु भएको निष्कर्ष निकालेको थियो ।

सलमानमाथि एकपछि अर्को चु-नौती थपियो । विशेषगरी पश्चिमा देशहरुबाट चुनौ-तीहरु बढे । उनी अप्ठ्या’रोमा परे । अहिले रुस र युक्रेनबीच यु-द्ध भएपछि यूरोपमा इन्धन आ’पूर्ति अवरु-द्ध भएको छ ।

रुसले ग्याँस आपू’र्तिमा कटौ’ती गरिरहेको छ । हिउँद यामसम्म क’टौती कायमै रहेमा यूरोप ठूलो संक’टमा पर्न सक्छ । त्यसैले उनीहरु विकल्प खोज्नतर्फ लागिसकेका छन् । साउदी अरबलाई पेट्रोलियम पद्धार्थ र ग्याँस आ’पूर्ति बढाउन लगाउन यूरोपले पहल थालेको छ ।

अहिले मोहम्मन बिन सलमानलाई रातो कार्पेट बिछ्याउनुको कारण यही हो । उनी ग्रीस पुग्दा भव्य स्वागत भयो । कुनैबेला सलमानविरुद्ध मानवअधिकार हननको विषय उठाउनेमा ग्रीस पनि थियो । फ्रान्स पुगदा पनि उनलाई रातो कार्पेट बिछ्याइयो । अधिकारवादीले वि’रोध गरे ।

अमेरिकी राष्ट्रपति जो वाइडेनले जुलाईको सुरुमा साउदी भ्रमण गरे । उनले पेट्रोलियम पद्धार्थको उत्पादन वृद्धिमा जोड दिएका थिए । मूल्यवृद्धि अत्याधिक भएकाले कम गर्न वाइडेनले रणनीतिक भ्रमण गरेका थिए ।

अमेरिकाले सलमानको कुनैबेला चर्को आलोचना गरेको थियो । तर, रणनीतिक स्वार्थका लागि उनैसँग भेट्न वाइडेनले साउदी अरबको भ्रमण गरेका थिए । अमेरिकासहित पश्चिमा देशहरु इन्धनको सं-कट टार्न विकल्पमा जान वाध्य भए ।

उनीहरु रणनीतिक स्वार्थका लागि कुनैबेला पत्रकारको हत्यामा दोषी मानेर खलपात्र मानिएका सलमानलाई रातो कार्पेट बिछ्याएर स्वागत गर्ने अवस्थामा पुगे । यसबाट शक्तिराष्ट्रहरु आफ्नो राष्ट्रिय स्वार्थ र हितका लागि खलपात्र ठहरा-एकालाई पनि नायक जसरी स्वागत गर्न तयार हुने पुष्टि हुन्छ ।

२०७९ श्रावण १५, आईतवार प्रकाशित 1 Minute 230 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।