२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

अष्ट्रेलियाको बैंकसँग कनेक्सन, सामान्य नेपाली नागरिकको खाता बाट ३३ करोडको कारोबार !

साउन १२, काठमाडौं : एउटा सामान्य व्यक्तिको बैंक खातामा ठूलो कारोबार भइरहेको सूचना पाएर नुवाकोटको विदुर नगरपालिकाका अमित श्रेष्ठलाई प’क्राउ गरेको प्रहरी अहिले उनको कारोबार र आम्दानीको अनु-सन्धानमा जुटेको छ ।

काठमाडौंको पानीपोखरीमा बस्ने श्रेष्ठ कुनै ठूलो व्यापार व्यवसायमा संलग्न नभएपनि उनको नाममा करोडौंको सम्पत्ति छ, बेलबखत उनी विदेश भ्रमणमा पनि जाने गरेका प्रहरी अनु-सन्धानबाट खुलेको छ ।

काठमाडौं उपत्यका अप-राध महाशाखाको टोलीले गत असार २९ गते श्रेष्ठलाई पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता दिनेशराज मैनाली श्रेष्ठले ३३ करोड बढी विदेशी मुद्राको कारोबार गरेको पाइएको बताउनुहुन्छ । क्रिप्टोक’रेन्सीमार्फत् अवै-ध सम्पत्ति कमाएको भन्दै

श्रेष्ठमाथि अहिले प्रहरीले अनु-सन्धान गरिरहेको छ । प्रहरीले उनको मोबाइल र ल्यापटपको फरेन्सिक परीक्षण गर्दा ३३ करोड ९ लाख २१ हजार रुपैयाँ बराबरको विदेशी मुद्रा कारोबार गरेको भेटिएको हो ।

अष्ट्रेलिया र क्यानडासम्म कनेक्सन

श्रेष्ठको नाममा अष्ट्रेलियाको कमन वेल्थ बैंकमा समेत सेयर कारोबार भएको पाइएको छ । उनी कुनै ठूला व्यवसाय वा कारोबारको चर्चामा नदेखिएपनि कसरी कमन वेल्थसम्मको कनेक्सन र कारोबारमा पुगे ? प्रहरी नै चकित बनेको छ ।

उनले क्यानडाको रोयल बैंक अफ क्यानडा, क्यानडाकै बैंकमा सेयर कारोबार, नेपालको नबिल बैंकमा डलर कारोबार गरेको, एनआइसी एसिया बैंक र एभरेष्ट बैंकमा सेयर र रकम लगानी गरेको प्रहरी अनु-सन्धानका क्रममा पुष्टि नै भएको छ ।

नेपाल राष्ट बैंकको अनुमति बिना करोबार गरिएको र अधिकांश कारोबार अमेरिकी डलरमा भएको पाइएपनि प्रहरी कसरी यति ठूलो कारोबार भैरहेको छ । उनी एक्लै छन वा अरु ठूलो समूह छ भन्ने खोजीमा जुटेको छ । अझ, प्रहरी अनु-सन्धानबाटै उनको नाममा कलंकी र लाजिम्पाटमा ५ करोड बढीको सम्पत्ति जोडिएको देखिएको छ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी जिल्ला प्रहरी परिसर काठमाडौंबाट अनु-सन्धान भइरहेका श्रेष्ठले कस्तो कारोबार गरेर, कसरी ३८ करोड बढीका मालिक बने ? अनु-सन्धान अधिकारी नै चकित छन् ।

२०७९ श्रावण १२, बिहीबार प्रकाशित 1 Minute 598 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।