२०८० आश्विन १४ आईतवार
  • काठमाडौँ

नेपाली राजदुत पोखरेलले बुझाए अस्ट्रेलियाका गर्भनर जनरल डेभिड हर्लीलाई ओहोदाको प्रमाणपत्र !

जुलाई २५, अष्टेलिया : अष्टेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले अस्ट्रेलियाका गर्भनर जनरल डेभिड हर्लीलाई आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउनुभएको छ ।

क्यानबेरास्थित दूतावासले एक विज्ञप्ति जारी गर्दै क्यानबेरास्थित गर्भनर हाउसमा आयोजित औपचारिक कार्यक्रममा पोखरेलले हर्ली समक्ष नेपाली राजदूतका रुपमा ओहोदाको प्रमाणपत्र बुझाएको जानकारि दिएको हो ।

पोखरेललाई गार्ड अफ अनरसहित सम्मान गरिएको छ । गर्भनर जनलर हर्लीले ओहोदाको प्रमाण पत्र बुझ्दै नेपाल र अष्टेलियाको द्विदेशीय सम्बन्ध लामो रहेको स्मरण गराउनुभएको र पोखरेलको सफल कार्यकालका लागि शुभकामना दिनुभएको बताइएको छ ।

हर्लीले नेपाल अस्ट्रेलियाबीच रहेको सम्बन्ध विश्वास, समझदारी र सहकार्यका कारण थप सुमधुर र गाढा बन्ने विश्वास समेत व्यक्त गर्नुभएको दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

राजदूत पोखरेलले नेपालका राष्ट्रपति विद्यादेवि भण्डारी तथा प्रधानमन्त्री शेरबहादुर देउवाकोतर्फबाट पठाइएको सन्देश गर्भनर जनरललाई सुनाउनुभएको थियो ।

कार्यक्रममा अस्ट्रेलियाली सरकारकातर्फबाट वैदेशिक विभागका अधिकारीका साथै चिफ अफ प्रोटोकलको समेत सहभागिता थियो भने नेपाली टोलीका तर्फबाट दूतावासका अधिकारी सहभागी भएका थिए ।

राजदूत नियुक्ति भएको करिब एक सातापछि पोखरेल अस्ट्रेलिया आउनुभएको हो । यसअघिका राजदूत महेशराज दहाललाई तत्कालीन सरकारले फिर्ता बोलाएपछि पोखरेललाई नियुक्त गरिएको थियो ।

२०७९ श्रावण ९, सोमबार प्रकाशित 0 Minutes 221 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।