२०७९ माघ २१ शनिबार
  • काठमाडौँ

अष्ट्रेलियामा साढे १५ करोड थान को’रोनाको खोप खेर जादै !

जुलाई २६, सिड्नी : अष्ट्रेलियामा साढे १५ करोड थान को’रोनाको खोप खेर जाने अवस्था सृजना भएको छ । को’रोना महामा’रीका बेला किनिएको खोपहरु ढिला गरि आएको तथा

९५ प्रतिशत भन्दा बढी मानिसले दुबै खोप लगाइसकेकाले करोडौं थान खोप खेर जाने अवस्था आएको हो । सरकारी तथ्याकं अनुसार हालसम्म १६ वर्ष भन्दा माथीका ९५ प्रतिशत मानिसले दुबै खोप लगाइसकेका छन् ।

सरकारको हेल्थ वेवसाइटमा उल्लेख भए अनुसार अष्ट्रेलियाले महामा’री यता लगभग २५५ मिलियन अर्थात २५ करोड ५० लाख थान को-रोनाको खोप किनेको छ । जसमा सबैभन्दा धेरै फाइजर खोप छ । सरकारले १२ करोड ६० लाख थान फाइजर खोप किनेको हो ।

त्यस्तै बाकी एष्ट्राजेनिका, मडोना र नोभाभ्याक्स खोपहरु किनेको हो । यी मध्ये ६ करोड थान खोप मात्रै प्रयोगमा आएको छ । ४ करोड थान खोप अष्ट्रेलिया सरकारले प्रशान्त क्षेत्रका देशहरुलाई दिएको छ ।

देशमा को-रोनाको खोप लगाउनेको संख्या भन्दा खोप धेरै भएपछि बाकी रहेको खोपलाई के गर्ने भन्ने चिन्ता थपिएको हो । स्थानिय संचारमाध्यम एबिसीका अनुुसार ५ करोड थान नो-

भाभ्याक्स खोप खेर जाने स्थिती आएको हो । ढिला गरि बजारमा आएको तथा बुष्टर खोपका रुपमा फाइजर र मडोना खोप प्रयोग गर्न विज्ञहरुले सुझाव दिएपछि नोभा-भ्याक्स खोप के गर्ने भन्ने अन्यौलता आएको एबिसीले जनाएको छ ।

२०७९ श्रावण १०, मंगलवार प्रकाशित 1 Minute 147 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।