२०८० आश्विन १२ शुक्रबार
  • काठमाडौँ

क्रिसमस अघि नै अष्ट्रेलियामा ब्याजदर ३.३५ प्रतिशत पुग्ने आँकलन !

जुलाई ९, अष्ट्रेलिया : अष्ट्रेलियाका बैंकहरूले क्रिसमस अगाडी नै चार पटक ब्याजदर बढ्ने आँकलन सार्वजनिक गरेका छन् । अष्ट्रेलियन एण्ड न्युजिल्याण्ड बैकिङ्ग ग्रुप (एएनजेड) ले

अगस्ट, सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा ५० आधार बिन्दुले ब्याजदर बढ्ने अनुमान सार्वजनिक गरेको हो । योबृ-द्धीसँगै नगद दरलाई ३.३५ प्रतिशतमा पु-र्याउने आँकलन गर्न थालिएको छ ।

यो ब्याजदर बृद्धीले औसतमा सिडनीका ऋ’णीहरुले प्रति महिना थप १३०० डलर तिर्नुपर्ने हुनसक्छ । यसै महिनाको सुरूवातमा अष्ट्रेलियन रिजर्भ बैंकले ब्याज दर बढाएर १.३५ प्रतिशत पु-र्याएपछि बैंकहरुबाट ब्याजदर थप बृद्धीको आँकलन सार्वजनिक भएको हो ।

कडा श्रम बजार र उच्च मुद्रास्फीतिको अवधिको सामना गरिरहेको अर्थ-व्यवस्थाको लागि ब्याज दरको स्तर अझै पनि धेरै कम भएको रिजर्भ बैंकको पछिल्लो बैठकको माइन्युटमा उल्लेख छ ।

आगामी महिनाहरूमा अष्ट्रेलियामा मौद्रिक अवस्था सामान्य बनाउन थप कदमहरू चाल्नु पर्नेमा सदस्यहरू सहमतकाले समेत ब्याजदर बढ्ने अनुमान गरिएको छ । रेटसिटी डटकमका अनु-सन्धानकर्ताहरुले नगद दर नोभेम्बर सम्म ३.३५

प्रतिशतमा पुग्न सक्ने र उक्त दर सात महिनाको अन्तरालमा ३ दशमलब २५ प्रतिशत अंकको वृद्धि हुने तथ्य सार्वजनिक गरेका छन् । कमनवेल्थ बैंक, वेस्टप्याक र नेशनल अष्ट्रेलिया बैंकले पनि नोभे-क्बरसम्म २.६० ब्याजदर पुग्ने अनुमान गर्दैआएका छन् ।

२०७९ श्रावण ९, सोमबार प्रकाशित 1 Minute 239 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।