
साउन ९, पश्चिम बंगाल : भारतमा प्रवर्तन निर्देशनालय (ईडी) ले शुक्रबार पश्चिम बंगालका उद्योग मन्त्री पार्थ चटर्जीका निकट सहयोगी अर्पिता मुख’र्जीको घरमा
छापा मारेर २० करोड भारतीय रुपैयाँ नगद बरा-मद गरेको छ। कथित शिक्षक भर्ती घोटा’लाको आ’रोपमा यो छापा मा’रिएका हो। छापा मारे’र बरा’मद भएको रकम एसएससी घोटा-लासँग सम्बन्धित हुन सक्ने अनु-सन्धान एजेन्सीले जनाएको छ ।
अर्पिता मुख’र्जीको घरबाट २० भन्दा बढी मोबाइल पनि बरामद भएको छ । एजेन्सीले यी फोनहरू कुन उद्देश्यका लागि प्रयोग गरिन्थ्यो भन्नेबारे अनुसन्धान गरिरहेको छ। योसँगै शिक्षा राज्यमन्त्री परेश सी अधिकारी र विधायक माणिक भट्टाचार्यलगायतको घरमा पनि छापा मारे’को छ ।
उच्च न्यायालयको निर्देशन पछि सीबीआईले पश्चिम बंगालका सरकारी र सहायता प्राप्त विद्यालयहरूमा समूह-सी र डी कर्मचारीहरू साथै शिक्षकहरूको भर्तीमा भएको भनिएको भ्रष्टा-चारको अनुसन्धान गरिरहेको छ।
ईडीले यस कथित घो-टालामा पैसाको लेनदेन ट्र्याक गरिरहेको छ, जसको बारेमा छापा मारिएको छ। पार्थ च-टर्जी हाल पश्चिम बंगाल सरकारमा उद्योग तथा वाणिज्य मन्त्री छन्। शिक्षा घो-टाला हुँदा चटर्जी शिक्षामन्त्री थिए। सीबीआईले उनलाई दुई पटक सोधपुछ गरिसकेको छ । बीबीसी