२०७९ माघ २१ शनिबार
  • काठमाडौँ

दक्षिण कोरियामा औद्योगिक दु’र्घ-टना न्यूनिकरण सम्बन्धी क्विजमा नेपालीको जित !

जुलाई २४, शिव भुसाल,सिओल : कोरियाली टेलिभिजन ओबियस र विदेशी परामर्श केन्द्र उईजङबुद्धारा आईतवार उईजङबुमा आयोजित सुरक्षा क्विजमा नेपाली युवा सुदर्शन देवकोटाले प्रथम स्थान हाँसिल गरेका छन् ।

दुई संस्थाको समन्वयमा विदेशीलाई लक्षित गरेर गरिएको उक्त प्रतियोगितामा औद्योगिक दु-र्घ’टना न्यूनिकरण सम्बन्धि प्रस्न सोधिएकोमा प्रथम देवकोटा सहित, द्धितिय संगम भोयागर र तृतीय मोहन पाण्डे हुन सफल भएका छन् ।

१६ देशका करिब ६० जना प्रतिस्प्रधिका विचमा तीनओटै स्थानमा नेपालीले जित्नु गौरवको विषय भएको देवकोटाले बताए । देवकोटाले ल्याप्टप उप’हार प्राप्त गरेका छन भने द्धितियले भ्याकुम क्लिनर र तृतीयले राईस कुकर प्राप्त गरे ।

कोरियाली उद्योगहरुमा आप्रवासी श्रमिकको दु’र्घट-ना न्यूनिकरण होस भन्ने उद्देश्यले यहाँका विदेशीका विचमा काम गर्ने संस्थाहरुले यस्ता कार्यक्रमहरु आयोजना गर्दै आएका छन् ।

कोरियामा वर्षेनी नेपालीले पनि औद्योगिक दु’र्घ’टनाका कारण ज्यान गुमाउने गरेका छन् । विदेशीका विचमा यस्ता क्जि प्रतियोगिता गराउँदा उनिहरुमा दु-र्घ’टनाका कारणहरुका विषयमा ज्ञान बढ्ने आयोजकको दाबी छ । गत हप्ता मात्र याङजुमा एक नेपालीले औद्योगिक दु’र्घ’टनामा ज्या-न गुमा-एका थिए ।

२०७९ श्रावण ८, आईतवार प्रकाशित 1 Minute 142 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।