
जुलाई २४,सिड्नी : अस्ट्रेलियाको जन्मदर निरन्तर घटिरहेको सरकारी तथ्यांकले देखाएको छ । देशको जन्मदर १० वर्षयताकै न्यूनस्तरमा झरेको सरकारी तथ्यांकले देखाएको हो ।
अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एन्ड वेलफेयर (एआइएचडब्ल्यु) ले सार्वजनिक गरेको विवरणअनुसार सन् २००७ मा प्रति एक हजारमा ६६ जना महिलाले बच्चा
जन्माएकामा सन् २०२० मा त्यो दर घटेर ५६ कायम भएको छ। कोरो’ना भा’इरस (को-भिड–१९) महामा’रीको पहिलो महिनाको तथ्यांक प्रस्तुत गर्दै एआइएचडब्ल्युले सन् २०१९ र २०२० को बीचमा शिशुजन्ममा २.३ प्रतिशतले गिरा-वट आएको बताएको छ ।
थप समाचार, फिल्म प्रेमगन्ज युरोपका ४४ देशमा अन्तर्राष्ट्रिय चलचित्रसरह एकसाथ प्रदर्शन हुने भएको छ । प्रेमगन्ज विदेशी फिल्मसरह विदेशी दर्शकमाझ थिएटरमै प्रदर्शन हुने भएको हो ।
जर्मनको फिल्म वितरक कम्पनीले प्रेमगन्ज जर्मनी, अष्ट्रिया, पोल्यान्ड, माल्टा, डेनमार्क, नेदरल्यान्डलगायत युरोपका ४४ देशमा प्रदर्शन गर्न लागेको छ ।
अन्तर्राष्ट्रिय रुपमा यसरी प्रदर्शन गर्ने हाम्रो यो पहिलो प्रयास हो। अहिले हामीले पैसाभन्दा पनि बाटो खोजिरहेका छौँ । यसले गर्दा भविष्यमा निर्माण हुने अन्य नेपाली फिल्मलाई बाटो खुल्नेछ,’ निर्देशक परिच्छेद सेनले भने । ३ भदौबाट देशभर प्रदर्शन हुने फिल्म भारतमा पनि प्रदर्शन हुनेछ ।