२०८० जेष्ठ २६ शुक्रबार
  • काठमाडौँ

अल्लु अर्जुनको फिल्म पुष्पा-२ को बजेट ५०० करोड, रिलिज डेटको संकेत !

साउन ७, मुम्बई : अल्लु अर्जुनको फिल्म पुष्पा द राइजको सिक्वेल पुष्पा द रुललाई निर्माताहरूले अझै बलियो बनाउने तयारी गरेका छन् । फिल्मलाई अझ बलियो बनाउन बजेट धेरै खर्च हुने निश्चित छ ।

अब निर्माताले पुष्पा–द राइजको बजेटको बारेमा यस्तो अपडेट शेयर गरेका छन् कि फ्यानहरुको उत्साह निकै बढ्नेछ । अल्लु अर्जुनको यो दमदार सिक्वेलको बजेट ३५० करोड भारु हुने खबर सार्वजनिक भएको थियो

तर अहिले फिल्मका एक निर्माता वाई. रविशंकरले पुष्पा २ को बजेट योभन्दा पनि बढी हुने बताएका छन् ।
हालै, शंकरले बिजनेस टुडे पत्रिकासँग हिन्दी बजारमा साउथ फिल्महरूको क्रेजको बारेमा कुराकानी गरेका थिए।

उनले उत्तर भारतमा फिल्मको प्रचारप्रसार गर्न नपाएकोमा आफूलाई पछुतो रहेको बताए । शंकरले भने, दक्षिण भारतबाहिर फिल्मको सफलताले पक्कै पनि हामी चकित थियौं।

हामीले प्रचारमा धेरै समय खर्च नगर्ने भएकाले यो यति ठूलो हुनेछ भन्ने थाहा थिएन। पुष्पा २का लागि ५ सय करोड रुपैयाँ आवश्यक पर्ने उनको अनुमान छ । नेपालका एक वितरकले पुष्पा प्रिन्टको लागि मागेको रकम दिन राजी भएको शंकरले बताए ।

उनलाई विमानमा भेटेका पाकिस्तानका एक फिल्म निर्माताले उनको अगाडि फिल्मको एउटा गीतको तारिफ गरेका थिए ।
अल्लु अर्जुन अभिनित फिल्मको सफलता र लोकप्रियतालाई मध्यनजर गर्दै अब १० भाषा र छिमेकी मुलुकमा फिल्म रिलिज गर्ने तयारीमा रहेको शंकरले बताए ।

बिजनेश टुडेको यो रिपोर्टमा पुष्पा २ को प्रवर्द्धनका लागि बजेट ५ गुणाले बढ्न सक्ने र ५० करोड रुपैयाँसम्म खर्च हुन सक्ने पनि निर्माताहरुले संकेत गरेका छन् । यसपटक उनी झन्डै दुई महिनासम्म देशका विभिन्न भागमा फिल्मको प्रचारप्रसार गर्न चाहन्छन् ।

रिलिज मितिलाई औंल्याउदै उनले फिल्म अगस्ट २०२३ सम्ममा रिलिज गर्न चाहेको बताए । यसअघिका रिपोर्टका अनुसार यो फिल्म डिसेम्बर २०२२ सम्म रिलिज गर्ने योजना थियो। तर अब निर्माताहरुसँगको कुराकानीबाट उनीहरुले फिल्मलाई स्म्याश हिट बनाउन कुनै कसर बाँकी नराख्ने देखिन्छ ।

२०७९ श्रावण ८, आईतवार प्रकाशित 0 Minutes 177 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।