
साउन ४, काठमाडौ : भारतमा पछिल्लो ४८ घण्टाको अवधिमा तीन वटा अन्तर्राष्ट्रिय जहाजको आप-तकालीन अवतरण भएको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार सबै जहाजहरुमा प्राविधिक समस्याका कारण आपतकालीन अवतरण गर्नु परेको छ । भारतीय नागरिक उड्डयन महानिर्देशनालयका अनुसार
भारतको कालीकट, चेन्नई र कोलकतामा शुक्रबार र शनिबार यी जहाजको आपत-कालीन अवतरण भएको हो । शारजहाबाट कोचीनका लागि आइरहेको एयर अरेबियाको जहाज हाइ-ड्रोलिक
फेल भएपछि कालीकटमा आपत-कालीन अवतरण गर्नु परेको थियो । इथियोपियन एयरलाइन्सको अर्को जहाज कोलकतामा आपत-कालीन अवतरण गरेको छ ।
श्रीलंका एयरलाइन्सको अर्को जहाज समेत हाइड्रोलिक समस्याका कारण चेन्नई विमानस्थलमा आप’तकालीन अवतरण गरेको समाचारमा उल्लेख छ । भारतीय नागरिक उड्डयन निर्देशनालयले यी सबै घ-टनाको विस्तृत अनु-सन्धान गर्न आदेश दिएको छ ।