
जुलाई २०, काठमाडौं : इन्डिगो एयरलाइन्सको विमानमा प्राविधिक गडबडीपछि पाकिस्तानको कराँचीमा आपत’कालीन अवतरण गरेको छ ।
यो उडान युएईको शारजाहबाट हैद’रावाद जाँदै थियो ।
समाचार एजेन्सी एएनआईका अनुसार कराँची एयरपोर्टमा विमानको जाँच भइरहेको छ।
इन्डिगोले दोस्रो विमान कराँची पठाउने प्रयास गरिरहेको छ। विगत दुई हप्तामा विमानमा गड’बडीका कारण भारतीय एयरलाइन्सको कराचीमा अवतरण गर्नुपरेको यो दोस्रो पटक हो ।
यसअघि ५ जुलाईमा स्पाइ’सजेटको विमान दु-र्घटनापछि कराँचीमा आपत’कालीन अवतरण गरिएको थियो । स्पाइसजेटको यो विमान दिल्लीबाट दुबई जाँदै थियो।
त्यस्तै, १४ जुलाईमा जयपुरमै इन्डिगोको विमानको आपतका-लीन अवतरण गरिएको थियो । त्यसपछि इन्जिनमा कम्पन भएको गुना-सो आयो ।