२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

मौसमी कामदारका लागि दक्षिण कोरिया पुगेका नेपाली भाग्न थालेपछि धमाधम पक्राऊ !

साउन १,सोल : कोरियन सरकारले यहाँ अवैधानिक रुपमा रहेका आप्रवासीलाई पक्रा’उ गर्न थालेको छ । मौसमी कामदारको रुपमा कोरिया प्रवेश गरेका नेपाली श्रमिक

धमाधम भाग्न थालेको उजु-री बढेपछि उनीहरुलाई प’क्राउ गरी स्वदेश पठाउन सरकारले अभियान नै चलाएको कोरियाको न्याय मन्त्रालयलाई उद्धृत गर्दै प्रवासी श्रमिक युनियनका अध्यक्ष उदय राईले जानकारी दिए ।

कोरियामा नयाँ सरकार फेरिएसँगै मन्त्रालयले विनाभिसा बसिरहेका विदेशीलाई पक्राउ गर्न सुरु गरेको र पछिल्लो महिना त्यसलाई थप तीव्र पारेको हो । सोही अभियान अन्तर्गत गत सातामात्र १४ जना नेपाली श्रमिक पक्रा’ऊ परेका यहाँका सञ्चार माध्यमले जनाएका छन् ।

यहाँको खोहुङगुन क्षेत्रमा कार्यरत १४ नेपाली मौसमी कामदार हराएको भन्ने रोजगारदाताको उजु-रीका आधारमा उनीहरुलाई पक्रा’ऊ गरिएको बताइएको छ ।

उनीहरु गतवर्ष डिसेम्बर महिनामा नेपालको कन्काई नगरपालिकाबाट मौसमी कामदार भिसा कार्यक्रममार्फत कोरिया प्रवेश गरेका थिए । पाँच महिनाका लागि रोजगारदातासँग श्रम सम्झौता भए पनि सम्झौताको चौँथो महिना मार्चमा भागेका बताइएको छ ।

रोजगारदाताले श्रमिकले अघिल्लो दिनसँगै काम गर्दा आफू काम छोडेर अन्यत्र जान लागेको जानकारी नदिएको तर भोलिपल्ट बिहान उठेर कामको तयारी गर्न लाग्दा कामदार भागिसकेको बताएका छन् ।

कम्पनीले उनिहरुका साथीहरुमार्फत खोजी गर्दा नेपालबाट कोरिया आउँदा नै यहाँ आएर भाग्ने पूर्व योजना नै रहेको हुन सक्ने बताए ।

सम्झौता गरेको रोजगारदाताकहाँबाट भागेका मौसमी कामदारलाई सहयोग गरेको सीसीटिभी फुटेजमा देखिएका अन्य नेपालीलाई पनि प्रहरीले सोधपुछ गरिरहेको राईले बताए ।

मौसमी कामदारसँग पनि चर्को रकम असुलेर कोरिया ल्याइँदा श्रमिक ठ-गिने गरेको र उनीहरूको भागेर लुकेर काम गर्नुपर्ने बाध्यता रहेको राईको भनाइ छ ।

यता नेपाली दूतावास सिओलले भने के कति नेपालीलाई यहाँको सरकारले प-क्राऊ गरी स्वदेश फिर्ता गर्यो भन्ने सूचना नआएको जनाएको छ ।

कोरियामा पक्राऊ परेको व्यक्तिको अनुमतिविना व्यक्तिगत जानकारी दिन नमिल्ने भएकाले कुनै पनि अभियोगमा पक्राऊ परेका नेपालीका विषयमा दूतावासमा जानकारी नआउने उपनियोग प्रमुख रामसिंह थापाको भनाइ छ ।

गत महिना कोरियाको न्याय मन्त्रालयले नेपाल सरकारलाई ३ हजारको संख्यामा मौसमी कामदार पठाउन औ-पचारिक आग्रह गरेपनि नेपालले त्यो प्रस्तावलाई अस्वीकार गरेको दूतावासको भनाइ छ ।

नेपाल सरकारको मुख्य प्राथमिकता ईपियस प्रणाली नै भएकाले मौसमी कामदार पठाउन नमिल्ने जवाफ नेपालले पठाएकाले मौसमी कामदारका विषयमा दूतावासले केही गर्न नमिल्ने सिंहले बताए । जुन महिनाको अन्त्य सम्ममा २ सय ४५ पुरुष र ३५ जना महिलागरी २ सय ८० जना नेपाली श्रमिक मौसमी कामदारको रुपमा कोरिया प्रवेश गरेको यहाँको अध्यागमन कार्यालयको तथ्याङ्क छ।

२०७९ श्रावण १, आईतवार प्रकाशित 1 Minute 579 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।