
साउन १, काठमाडौ : वैदेशिक रोजगारीका लागी दुवई पुगेका दर्जनौ नेपाली अल-पत्र परेका छन् । भने अनुसारको काम र तलब नपाए पछी उनीहरुको विचल्ली भएको छ ।
६ महिना अघि नेपालको शिवाकोटी मेनपावरबाट दुवई पुगेका नेपालीहरुको अहिले विल्लीवाठ भएको छ । सेक्युरिटी गार्डका लागी भन्दै आकर्षक तलबको लोभ देखाएर शिवाकोटी म्यानपावरले उनीलाई दुवई पु-र्याएको थियो ।
८ घण्टा काम गरेको बेसिक १२०० स्यालरी हुन्छ भनेर दुवई पु-र्याइएका नेपालीहरु अहिले न त दाम न त कामको अवस्थामा पुगेका छन्। ६ महिना देखी काम पाइने आशामा रहे पनि अहिले सम्म काम गर्न नपाएको गु’नासो उनीहरुले गरेका छन् ।
अहिले सम्म जम्मा ८०० रुपैयाँ मात्रै पाएको गुनासो पी-डीतहरुले गरेका छन् । खाना खान र बस्न समेत समस्या भएको भन्दै उनीहरुले उद्धार गरेर नेपाल झिकाइदिन अनुरोध गरेका छन् ।
शिवाकोटी मेनपावरले अनेक प्रलोभन दिएर दुवई पु-र्याए पनि अहिले कुरै नसुन्ने र भाग्ने गरिरहेको दुखेसो पी-डीतहरुले गरेका छन् । नेपालमा श्रम स्विकृती लिएरनै दुवई आएको भन्दै उनीहरुले अब त्यहाँ बस्नै नसक्ने अवस्था रहेको बताएका छन् ।
आफ्नो समस्याको बारेमा जती पटक कुरा गरे पनि शिवाकोटी मेनपावरका संचालक भुपाल शिवाकोटीले वास्तै नगरेको पी-डितहरुले बताएका छन् ।
नेपालबाट चर्को व्याजदरमा ऋ-ण खोजेर विदेशीएका उनीहरुले प्रतिव्यक्ति ३ देखी ४ लाख सम्म पनि शिवाकोटी म्यानपावरलाई बुझाएर आएको बताएका छन् । दुवई पुगेको ६ महिनामा अहिले सम्म मुस्किलले एक महिना पनि काम नपाएको र स्यालरी पनि १२०० भनेर ल्याइएकोमा त्यो नपाइएको उनीहरुले बताएका छन् ।
अहिले त्यहाँ बस्न निकै क-ष्ट भएको भन्दै उनीहरुले उद्धार गरेर नेपाल झिकाइदिन अनुरोध गरेका छन् । पटक पटक कुराकानी गर्दा पनि शिवाकोटी मेनपावरका संचालकले कुनै रेस्पोन्स नगरेको बरु अनेक थरी कुरा गरेर टार्ने गरेको पी-डितहरुको गुना’सो छ । ओटिभी नेपाल बाट