२०८० जेष्ठ २६ शुक्रबार
  • काठमाडौँ

दुर्गा प्रसाईंले यूएईको जे’लमा रहेका नेपालीलाई छुटाउने !

असार २८, काठमाडौं : नेपालका स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईंले संयुक्त अरब इमिरेट्स (यूएई) को का’रागारमा कै’दी जीवन बिताइरहेका नेपालीलाई स्वदेश फर्काउन आफूले पहल

गरिरहेको बताएका छन्। यूएईका विभिन्न जेलमा रहेका नि’र्दोश नेपालीहरुलाई स्वदेश फर्काउन पहल भइरहेको उनको भनाइ छ।
यूएईको दुबई राज्यका राजकुमार जुमा अल मुक्तमसँग उनकै

निवासमा भेटवार्ता गरेर नेपाली श्रमिकहरुका विषयमा छलफल गरेको प्रसाईंले बताएका छन्। भेटमा यूएईमा कार्यरत नेपाली श्रमिकहरुको रोजगार व्यवस्थापनका विषयमा पनि छलफल भएको उनको भनाइ छ।

यस्तै यूएईमा मृ-त्युवरण गरेका नेपाली श्रमिकको श’व व्यवस्थापन तथा नेपाल ल्याउने विषयमा समेत छलफल भएको प्रसाईंले बताएका छन्।

राजकुमार मुक्तम प्रसाईंको निमन्त्र’णामा केही समयअघि नेपाल भम्रणमा समेत आएका थिए। त्योबेला उनले प्रसाईंलाई सुनको लौरो उपहार दिएका थिए। प्रसाईंले भने उक्त लौरो सुनको नभएको बताउँदै आएका छन्।

प्रसाईंले राजमुमार मुक्तमलाई पुन: नेपाल भ्रमणको लागि निम्तो गरेका छन्। राजकुमारले आफूलाई नेपाल र नेपाली मन परेकाले सम्भवत आगामी अक्टोबर नेपाल भ्रमणमा

आउने जानकारी गराएको प्रसाईंले बताएका छन्। प्रसाईंले राजकुमार मुक्तमसँग मिलेर दुबईमा मेडिकल कलेज खोल्ने यसअघि नै घोषणा गरेका छन्। प्रवास खबर बाट

२०७९ असार २८, मंगलवार प्रकाशित 1 Minute 117 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।