
जुलाई १२, क्वालालम्पुर : मलेसियाका मानव संशाधन मन्त्री एम साराभानन्ले बेष्टिनेटमाथिको अनुसन्धानले विदेशी कामदार आपूर्तिमा केही ढिलाई हुने बताएका छन् ।
त्यहाँको भ्रष्टा’चारवि’रूद्ध छानविन गर्ने निकायले गत मंगलबार क्लालाम्पुरस्थित बेष्टिनेट कार्यालयमा छापा मारेको थियो ।मलेसियाको ‘दातुक शेरी’ उपाधि लिएका बंगलादेशका
नागरिक अमिन मिर अब्दुल नुरले सञ्चालन गरिरहेको बेष्टिनेट कम्पनीले मलेसियामा रोजगारीमा आउने विदेशी कामदारको स्वास्थ्य परीक्षण रिपोर्टको परीक्षण ‘स्क्रिनिङ’ गर्दै आइरहेको छ ।
मन्त्री साराभानन्ले उक्त कम्पनीले गर्ने काम नरोकिने तर ‘स्लो’ हुने बताए । मलेसियामा विदेशी कामदारको अभाव देखिएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
विदेशी कामदारको भिसा एप्रुभलमा ढिलाइ गरिरहेको भन्दै मलेसियाका निजी क्षेत्रका उद्योगीहरूले सरकारको आलोचना गरेका छन् ।
यस्तो अवस्थामा विदेशी कामदार आपूर्ति प्रक्रियामा संलग्न बेष्टिनेटमाथिको कारबाही कामदार आपूर्तिमा समस्या थप्ने कतिपयको चिन्ता छ । मलेसियाका पाम आयल, कन्ट्रक्सन तथा म्यानुफ्याक्चरिङ सेक्टरमा विदेशी कामदारको माग
अनुसार पूर्ति हुन नसकेको बताइएको छ । बेष्टिनेटका सञ्चालक अमिनलाई मंगलबार र बुधबार बंगलादेशमा २५ वटा म्यानपावर कम्पनी छनोट सम्बन्धमा सोधपुछ गरिएको र कडा निगरानीमा राखिएको बताइएको छ ।