२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

नेपालका लागि मलेसियाका राजदुत भन्नुहुन्छ – शुन्य लागत भन्दै चर्को अशुल्ने कार्य बन्द नभएमा झनै समस्या आउन सक्छ ।

असार २६, काठमाडौँ : गैरआवासीय नेपाली संघ एनआरएनए मलेसियाले मलेसिया रोजगारी संभावना र चुनौती लगाएत मलेसियामा भइरहेका विविध समस्या तथा समसामायीक विषयमा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ ।

एनआरएनए एनसिसि मलेसियाको कार्यालय, कोतरायमा भएको कार्यक्रममा मलेसियाका लागि नेपाली कार्यवाहक राजदूत मोतिबहादुर श्रीष,एनआरएनए आईसिसिका सचिव खगेन्द्र न्यौपाने ,एनआरएनए मलेसियाका अध्यक्ष बिनोद थापा,

दूतावासका अधिकारी, मलेसियामा रहेका विभिन्न संघ संस्थाका पदाधिकारी, नेपालबाट आएका पत्रकार तथा मलेसियामा रहेका विविध संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियाे।
उक्त छलफलमा नेपाली राजदूतावास मलेसियाका कार्यबाहक

राजदुत मोती बहादुर श्रिषले दुतावासको गतिविधी तथा कार्यविवरणका बारेमा समेत जानकारी गराएका थिए ।
अन्तरक्रिया कार्यक्रममा कार्यबाहक राजदुत श्रिषले पछिल्लो

सयममा मलेसियामा रहेका श्रमीकका समस्या समाधान गर्न दुतावास अग्रसर रहेको बताए । कार्यक्रममा कार्यबाहक राजदुत श्रिषले कोरोनाकाल पछि मात्र विविध डिमाण्डमार्फत ८० हजार भन्दा धेरै नेपाली कामदारको मागपत्र निस्केको बताए ।

कार्यक्रममा कार्यबाहक राजदूत श्रीषले मलेसिया सरकार र नेपाल सरकारबीच फ्रि भिषा फ्रि टिकटमा कामदार ल्याउने सहमति भएको भन्दै मलेसिया आउने कामदारलाई रकम नतिर्न समेत आग्रह गरे। राेजगारीमा आउँदा आत्तिएर बढी रकम नतिर्न समेत उनले आग्रह गरे ।

त्यसैगरी उनले मेनपावर कम्पनीहरु बिचको अस्वस्थ प्रतिस्पर्धाका कारण कामदार मारमा परेको पनि बताए । दुई देशबीच शून्य लागतमा कामदार ल्याउने सहमति भएको छ तर यहाँ मेनपावरहरुका कारण त्यो कार्यान्वन हुन सकेको छैन ।

राजदूतावासमा डिमाण्ड प्रमाणीकरण गर्न आउँदा जिरो कस्ट भनिन्छ बाहिर गएर कामदारको ढाड सेक्ने काम भइरहेको रहेछ, यो कार्य बन्द नभएमा भोलिका दिनमा झनै समस्या आउन सक्छ,’ राजदूत श्रीषले भने।

त्यसैगरी कार्यक्रममा गैरआवासीय नेपाली संघ आईसिसिका सचिव खगेन्द्र न्यौपानेले पनि दुई सरकारबीच भएका सम्झौता कार्यन्वयनमा व्यवसायीले सहयोग गर्नु पर्ने बताए।

‘सुरुवात आफैंबाट गर्नुपर्छ। जिरो कस्टमा मेनपावरलाई यहाँ ल्याउने भनिए पनि केही व्यावसायीका कारण त्यो कुरा कार्यान्वयनमा आउन सकेको छैन। हामी सबै मिलेर यसका कार्यान्वयनमा ल्याउनु पर्छ, उनले भने। न्यौपानेले मलेसियामा रहेका सबै संघ सँस्था र दूतावासको सहकार्यमा यहाँ देखिएका समस्या समाधान गर्न सकिने बताए ।

पछिल्लो समयमा मलेसियामा नेपालीहरुका समस्या तथा समसामायीक विषयमा छलफल गर्न आवश्यक रहेको अवस्थामा नेपालवाट विभिन्न संचारमाध्यमका प्रतिनिधि आएको मौकामा उक्त कार्यक्रमको आयोजना गरिएको एनआरएनए मलेसियाका अध्यक्ष बिनोद थापाले बताए । थापाले कार्यक्रममा मलेसियामा कोही नेपालीलाई कुनै समस्या परेमा एनआरएनए मलेसियालाई सम्झन आग्रह गरे।

कार्यक्रममा थापाले मलेसियामा भएका समस्या समाधानका लागि एनआरएनए मलेसिया लागिपरेको बताए। कार्यक्रममा बोल्दै थापाले भने,मलेसियामा रोजगारका धेरै अवसर पनि छन चुनौती पनिछन्, त्यसलाई हामी सबै मिलेर अघि बढ्नुपर्छ।

कार्यक्रम सफलतापूर्वक संपन्न भएको एनआरएनए एनसिसि मलेसियाका उपाध्यक्ष हेमराज सापकोटाले बताए। उनले मलेसियाको रोजगारी, संभावना र चुनौती विषयक अन्तरक्रियामा उल्लेख्य सहभागिता रहेकाे बताए ।

२०७९ असार २६, आईतवार प्रकाशित 1 Minute 158 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।