२०८० आश्विन ५ शुक्रबार
  • काठमाडौँ

दोहा कतार नेपाली दूतावासले भन्यो – सार्वजनिक स्थलमा मास्क लगाउहोस ।

जुलाई ९,दोहा : कतारको दोहास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सार्वजनिक स्थलमा जाँदा अनिवार्य मास्क लगाउन आग्रह गरेको छ ।

दूतावासले आज एक विज्ञप्ति जारी गर्दैै त्यहाँ रहेका नेपालीलाई मास्क नलगाई बाहिर ननिस्कन सतर्क गराएको हो । कतारमा कोरोना संक्रमणको दरहरू बढदै गएको सन्दर्भमा कतारको

मन्त्रिपरिषदको निर्णय बमोजिम यहाँ बसोबास गर्ने ६ बर्ष भन्दा बढि उमेरका सबैले आज ७ जुलाई २०२२ बाट लागू हुनेगरि बन्द सार्वजनिक स्थलमा फेश मास्क अनिवार्य गरिएको छ, दूतावासले विज्ञप्तिमा भनेको छ ।

पछिल्लो समय वैदेशिक रोजगारीको सिलसिलामा सबैभन्दा बढी नेपाली कतार जाने गरेका छन् । कतारमा हाल तीन लाखभन्दा बढी नेपाली रहेका छन् ।

२०७९ असार २५, शनिबार प्रकाशित 0 Minutes 178 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।