२०७९ आश्विन १९ बुधबार
  • काठमाडौँ

दक्षिण भारतीय अभिनेता विक्रम अस्पतालमा भर्ना !

असार २५, काठमाडौँ : दक्षिण भारतीय अभिनेता विक्रम अस्पतालमा भर्ना भएका छन्।

भारतीय सञ्चार माध्यमका अनुसार शुक्रबार हृ’दयघा’त भएपछि उनलाई अस्पतालमा भर्ना गरिएकाे हाे। उनलाई चेन्नइको काभेरी अस्पतालमा भर्ना गरिएको छ।

उनको स्वास्थ्य स्थितिबारे डाक्टरले केही जानकारी दिएका छैनन्। अभिनेता विक्रमको प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत उनको स्वास्थ्य सुधारको कामना गरिरहेका छन्।

उनी शुक्रबार साँझ ६ बजे फिल्म ‘पोन्नियिन सेलवन पार्ट १’ को टिजर सार्वजनिक कार्यक्रममा सहभागी हुने बताइएको थियो। फिल्ममा उनी मुख्य भूमिकामा छन्।

एपिक ड्रामा फिल्ममा उनीसँगै बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनको पनि अभिनय रहेको छ। फिल्मको ले‍खन र निर्देशन द्वय मणिरत्नम स्वयम्ले गरे‍का हुन्।

२०७९ असार २५, शनिबार प्रकाशित 1 Minute 128 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार