२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

यूएईमा १९४ कैदी-बन्दीलाई आममाफी ! नेपाली कति ?

जुलाई १०, युएई : युनाइटेड अरब इमिरेट्स (यूएई) को सारजाहा राज्यले १९४ कैदी-बन्दीहरूलाई आममाफी दिएको छ।
मुस्लिम धर्मा’वलम्बीहरूको पर्व बकर इदको अवसरमा

त्यहाँका शासक शेख सुल्तान बिन मुहम्मद अल कासिमीले ती कैदी बन्दी’हरूलाई आममाफी घोषणा गरेका हुन्। कैदी’बन्दीहरूको कसुर र चाल’चलनको आधारमा हरेक वर्ष यस्ता पर्वहरूको अवसरमा आममा’फी दिने गरिन्छ।

थप समाचार, संयुक्त अरब इमिरेट्सले आफ्नो देशमा काम गरिरहेका अन्तर्राष्ट्रिय कम्पनीका विदेशी कामदारहरुको लागि भिसाको अवधि बढाएर ५ वर्ष बनाएको छ । क्राउन प्रिन्स शेख हमदान बिन मोहम्मदले ट्वीटरमा यसको जानकारी दिएका छन् ।

शेखले मंगलबार ट्वीट गरेका छन् ‘हाम्रो लक्ष्य कम्पनीहरुलाई सुविधा दिनु हो र उनीहरुको टिमको लागि पूरै वर्षभरी, सम्मेलन, बैठक र प्रदर्शनीहरुको लागि दुबइ आउन जान सजिलो बनाउनु हो ।

युएइले पछिल्ला वर्षहरुमा कैयौं नयाँ भिसा विकल्पहरु सुरु गरेको छ । २०१९ मा १० वर्षीय गोल्डेन भिसा सुरु गरिएको थियो । यस वर्ष ५ वर्षको पर्यटक भिसा सुरु गरिएको छ ।

जसले युएइमा १.४ मिलियन अमेरिकी डलर सम्पत्तिको रुपमा लगानी गरेका छन् उनीहरुले ५ वर्षको आवासीय भिसा लिन पाउँछन् । यसका लागि सम्पत्तिमा उनीहरुको तीन वर्षको स्वामित्व र यो सम्पत्ति एकमुष्ट किनिएको हुनुपर्नेछ ।

न्यूनतम १ लाख ३६ हजार अमेरिकी डलरको साथमा व्यवसाय गर्ने उद्यामी वा मान्यता प्राप्त बिजनेस इन्क्युबेटरमा सहभागी व्यवसायीले ६ महिनाको भिसा लिन पाउँछन् र यो भिसा पछि ६ महिनासम्मको लागि बढाउन सकिन्छ ।

२०७९ असार २६, आईतवार प्रकाशित 1 Minute 176 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।