२०७९ श्रावण २२ आईतवार
  • काठमाडौँ

मलेसिया रोजगार – कामदारहरुलाई फिनिसमा नजान मलेसियाका कम्पनीहरुको दबाब !

जुलाई ७, क्वालालम्पुर : आप्रवासी कामदारको अभाव झेलिरहेका मलेसियाका रोजगारदाताले रोजगार पूर्णरूपमा त्यागेर स्वदेश नजान कामदार माथि द’बाब बढाएका छन् ।

नेपाली दूतावास मलेसियाले साप्ताहिकरूपमा शुक्रबार सञ्चालन गर्ने फेसबुक प्रश्नोत्तर कार्यक्रममा सहभागी अधिकांश नेपालीले पूर्णरूपमा रोजगार छोडेर फर्किने प्रक्रिया ‘फिनिस’मा गए रोजगारीका लागि मलेसिया फर्किन नपाइने भन्दै कम्पनी

तर्फबाट द’बाब दिइने गरिएको गुना’सो गरे । कोरोना भा’इरसवि:रूद्धको खोप आई जनजीवन सहज भएपछि मलेसियामा विदेशी कामदारको अ’भाव देखिएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

विदेशी कामदारको भिसा एप्रुभलमा ढिलाई गरिरहेको भन्दै मलेसियाका निजी क्षेत्रका उद्योगीहरूले सरकारको आलोचना गरेका छन् ।

मलेसियाका पाम आयल, कन्स्ट्रक्सन तथा म्यानुफ्याक्चरिङ सेक्टरमा विदेशी कामदारको माग अनुसार पूर्ति हुन नसकेको बताइएको छ । केही नेपाली कामदारले बढेको तलब नपाएको गु’नासो गरेका छन् ।

बढेको तलब बैंकमा जम्मा गरिदिँदा कानून पालना यप लय नगरेको देखिने भएपछि न्यूनतम १५ सय रिंगेट भन्दा कम तलब दिने रोजगारदाताहरूले हातमा नै नगद तलब दिने गरेको केही नेपालीको गु’नासो छ ।

२०७९ असार २३, बिहीबार प्रकाशित 1 Minute 144 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार