
जुलाई ५, मलेसिया : मलेसिया सरकारले यहाँ अवैधा-निक हैसियतमा रहेका नेपालीसंगै विदेशी कामदारलाई स्वदेश फर्किन रिक्या-लिब्रेशन पुलाङ सञ्चालनमा ल्याइ दिइएको समयाअवधी
यहीँ बर्ष सन् २०२२ को जुन ३० तारिख अर्थात बिहीवार राती १२:०० बजेपश्चात सकिएको छ। अब मलेसियामा लुकीछिपी काम गरिरहेका,बसि रहेका घर फर्किन बाँकी अवै’धानिकलाई घर फर्किन थप मौका पनि नदिने र म्याद पनि नथप्ने
आजैदेखि ठाउँ – ठाउँमा सर्च अप्रेसन सुरु गरि पक्राउ गरेर कडा कारवाही गरिने मलेसिया सरकारका गृहमन्त्री दातोक श्री हमजाह जैनुद्धिनले स्पष्ट रुपमा सरकारको तर्फबाट धारणा सार्वजनिक गरिसकेका छ्न।
करिब डेढ बर्षसम्मनै सञ्चालनमा आएको रिक्या’लिब्रेशन पुलाङ अर्थात स्वच्छिक रुपमा सजिलैसित ५ सय रिंगेट जरि’वाना तिरेर आफ्नो देश घर फर्किन मिल्ने कार्यक्रममार्फत करिबकरिब ७ हजार जना अवैधानिक नेपाली कामदारहरु दूतावासमार्फत
यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) बनाएर स्वदेश फर्किएको मलेसिया स्थित नेपाली दूतावासका द्धितिय सचिव तथा सूचना प्रमुख प्रतीक कार्कीले जानकारी दिनूभयो।
यस् कार्यक्रम मार्फत डेढ बर्षको अवधीमा मलेसियाबाट जम्माजम्मी २ लाख ८२ हजार भन्दा बढी अवै’ध आप्रवासी विदेशी कामदार जरिवाना रकम तिरेर सजिलैसित स्वेच्छिक रूपमा आफ्नो स्वदेश फर्किएको मलेसियाली अध्यागमन
बिभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ।
रिक्या’लिब्रेशी पुलाङको अवधी सकिएलगत्तै सरकारले इमि’ग्रेशन प्रहरीको सहायतामा यहाँ अटेरी गरि अवै’ध हैसिय’तमा बस्ने घर नफर्किने अवैधानिक विदेशी कामदारलाई ध\रपकड, प’क्राउ गर्ने र डिपोर्ट गर्ने कार्यलाई तीव्रता दिइएको पाइएको छ।