
असार १८, काठमाडौं : मौसमी रोजगारीका लागि दक्षिण कोरिया पुगेका नेपाली कामदार अव’धि पूरा गरेर नेपाल फर्किनुको सट्टा उतै लुकेर बस्न थालेका छन्।
अवधि पूरा गरेर नेपाल फर्किने बेलामा भागेर अन्यत्र काम गरेको पाइएपछि दक्षिण कोरिया सरकारले कडाइ गरेको छ।
हालैमात्र १३ नेपाली कोरियाली अध्यागमन ऐन उल्लंघन गरेको आरोपमा पक्राउ परेका छन्।
अध्यागमन अधिकारीहरूका अनुसार उनीहरुमध्ये केही कृषि तथा पशुपंक्षीसम्बन्धि काममा थिए। उनीहरू अवधि नपुग्दै गैरकानूनी रूपमा अर्को ठाउँमा काम गरिरहेको बेला प’क्राउ परेका हुन्। केही भने बसाइँ अवधि सकिएपछि पनि कोरियामै रहेको आ’रोपमा पक्रा’उ परेको सुवन अध्यागमन कार्यालयले जनाएको छ।
प्रवास खबरलाई दक्षिण कोरियाबाट प्राप्त विशेष सूचना अनुसार पक्राउ पर्नेमध्ये केही मौसमी कामदारका रूपमा त्यहाँ पुगेका नेपाली थिए।
नेपालका केही स्थानीय तहले दक्षिण कोरियाका स्थानीय तहसँग भगिनी सम्बन्ध कायम गरी गैरकानूनी ढंगले आफूखुसी मौसमी कामदार पठाएका थिए। झण्डै ६ महिनाको कामका लागि उनीहरुलाई त्यहाँ पठाइएको थियो।
नेपालका केही स्थानीय पालिकाहरुले यहाँको नगरपालिकासँग समन्वय गरेर नेपालीलाई मौसमी कामका लागि यहाँ पठाएका थिए। उनीहरुलाई पठाउँदा ठूलो चलखेल भएको पाइएको छ। प्रतिव्यक्ति झण्डै १२ लाखसम्म लिएको भन्ने हामीले सुनेका छौं ।
कोरियास्थित श्रोत भन्छ्, अब ६ महिना काम गरेर त त्यत्ति धेरै पैसा उठ्ने कुरा भएन। तिरेकै पैसा नउठेपछि मौसमी कामदार लु’केर काम गर्न थालेका छन्। कोरियाले यसरी मौसमी कामका लागि आएका श्रमिक समयमै देश नफर्कि लुकेर बसेमा यसलाई ठूलै अप’राधका रुपमा लिन्छ।
मौसमी कामदार लुकेर बस्न थालेपछि उनीहरुलाई पक्रन कोरियाली अधिकारीले विशेष अप्रे-शन नै चलाउन थालेको श्रोत बताउँछ। इपीएसमा आएर अवैध बस्ने श्रमिकलाई त्यत्ति धेरै कडाइ गरेको पाइँदैन। तर, मौसमी कामदार भागे भने खोजी–खोजी पक्रा’उ गर्ने गरेको छ।
मौसमी कामदारलाई खोज्ने क्रममा नै १३ जना नेपाली प\क्राउ परेका हुन्न भन्ने जानकारी छ। तीमध्ये ५ जना मौसमी कामदार थिए, श्रोतले भन्यो। मौसमी कामदारका रूपमा त्यहाँ पुगेका कामदारहरुलाई कोरियाली सरकारले निकै कडा निगरानीमा राखेको हुन्छ।
अहिले नेपालको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मौसमी कामदार नपठाउन स्थानीय पालिकाहरूलाई परिपत्र जारी गरिसकेको छ।
यता सौलस्थित नेपाली दूतावासलाई कोरियाली अधिकारीहरूले १३ नेपाली प-क्राउ परेको बारेमा औप-चारिक जानकारी भने दिएका छैनन्। तर, दूतावासका अधिकारीहरूले त्यसबारेमा बुझिरहेको बताएका छन्।
हामीले यस बारेमा औपचारिक जानकारी पाएका छैनौँ। तर, स्थानीय मिडिया र यहाँ रहेका नेपाली संघ–संस्थामार्फत पक्राउ परेको भन्ने जानकारी पाएका छौं,’ सौलस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत रामसिंह थापाले प्रवास खबरसँग भने।
उनका अनुसार कोरियामा अहिले नयाँ सरकारले अवैध आप्रवासीमाथि कडाइ गरेको छ। नयाँ सरकार आएसँगै अवैध आप्रवासीलाई कडाइ गरेको छ। नेपालीमात्र होइन अन्य देशका नागरिक पनि पक्रा’उ परेका छन्, उनले भने।
कार्यवाहक राजदूत थापाले कोरियाले प्रत्येक वर्ष एक पटक यसरी अवै’ध कामदारमाथि धरप’कड गर्ने पनि बताए।
कोरियाले यसरी पक्रा’उ गरेकाहरुको व्यक्तिगत विवरण भने सार्वजानिक गर्दैन।
उनीहरुलाई देश फिर्ता पठाउनु अघि त्यसको जानकारी नेपाली दूतावासलाई नदिन पनि सक्छ। प’क्राउ परेका उनीहरुलाई घरफिर्ती केन्द्रमा राखिएको छ। उनीहरु आफैले टिकटको व्यवस्था गरेपछि मात्रै घर फिर्ता पठाइन्छ। प्रवास खबर