२०७९ भाद्र १ बुधबार
  • काठमाडौँ

साउदी अरबका युवराजले गरे यस्तो महत्वपूर्ण घोषणा !

जुलाई २, साउदी अरब : युवराज मोहम्मद बिन सलमानले विश्वव्यापी र स्थानीय स्तरमा साउदी अरबको प्रभाव विस्तार गर्ने उद्देश्यले अनुसन्धान(विकास र नवीनताको क्षेत्रका लागि नयाँ

प्राथमिकताहरू घोषणा गरेका छन् । साउदीको आधिकारिक समाचार एजेन्सी एसपीएले यसबारे जानकारी दिएको हो ।
दुई दशकका लागि तय गरिएका यी प्राथमिकताको भिजन

२०३० अनुरुप बनाइएका छन्, जसमा देशलाई स्वास्थ्य, वातावरणीय दिगोपना, ऊर्जा र उद्योगमा अग्रस्थानमा लैजाने र भविष्यका उदीयमान अर्थतन्त्रहरूमा लगानी गर्ने समावेश छ ।
यी लक्ष्यहरू हासिल गर्न, अनु-सन्धान, विकास र

नवप्रवर्तन क्षेत्रहरूको पुनर्गठन गरिएको छ र युवराजको अगुवाईमा एक उच्च समिति पनि बनाइएको छ । यो समितिले लक्ष्यलाई निगरानी र बजेट विनियोजनको अनुगमनका साथै यससँग सम्बन्धित कानुन र मापदण्ड पनि तय गर्नेछ ।

यसबाट विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा हजारौं रोजगारीको अवसरको अपेक्षा गरिएको छ । साउदी अरबले आफ्नो ठूलो ऊर्जा भण्डार प्रयोग गरेर विश्वव्यापी प्रवेश जारी राख्न चाहन्छ ।

यसका लागि यो देश सौर्य, वायुलगायतका वैकल्पिक ऊर्जाका नयाँ प्रविधिमा पनि काम गर्न इच्छुक छ । डिजिटल स्वास्थ्य सेवा प्रवर्द्धन गर्न र विश्वभरी नविन औषधि प्रविधि प्रदान गर्नुका साथै साउदी अरबले पानीको अभाव र खाद्य सुरक्षा सुधार गर्ने प्रमुख चुनौतीहरूको सामना गरिरहेको छ ।

२०७९ असार १७, शुक्रबार प्रकाशित 1 Minute 240 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार