२०८० जेष्ठ २६ शुक्रबार
  • काठमाडौँ

कतारको रोयल प्यालेसमा आकर्षक रोजगारीको अवसर, तलब ?

काठमाडौं : वैदेशिक रोजगारीको खोजीमा रहेकाहरुलाई कतारमा आकर्षक रोजगारीको अवसर आएको छ । केटीएम इन्टर्नेशनल प्रा. लि. ले कतारको State Of Qatar Amiri Guard कम्पनीका लागि २ सय जना Police Army Staff को डिमाण्ड ल्याएको हो ।

कतारको रोयल प्यालेस कम्पाउण्ड भित्र सुरक्षाका लागि खटिने व्यक्तिहरुको माग भएको केटीएम इन्टर्नेशनल प्रा. लि.का निर्देशक भारत प्रसाद संग्रौलाले जानकारी दिए । नेपाल आर्मी तथा सुरक्षा निकायमा कार्यरत रही सेवा निवृत भएका तथा आवश्यक योग्यता पुग्नेहरुले आवेदन दिन सक्ने उनले बताए ।

३ हजार कतारी रियाल तलव पाउने गरी आएको उक्त डिमाण्ड नेपालीहरुका लागि आकर्षक रोजगारीको अवसरका रुपमा लिइएको छ । स्वदेशमा गरिने प्रि मेडिकल खर्च, स्वदेशमा गरिने बिमा बापतको खर्च र अभिमुखीकरण तालिम बापतको खर्च कामदार स्वयमले व्यहोर्नुपर्नेछ भने त्यस बाहेकका कुनै पनि शुल्क नलाग्ने म्यानपावर कम्पनीले जनाएको छ । भिसा शुल्क, टिकट शुल्क र सेवा शुल्क नलाग्ने भएकोले निशुल्क कतार जान सकिने जनाइएको छ ।

वैदेशिक रोजगार विभागबाट गराइएको जानकारी
१. आफ्नो नाममा मिसा प्राप्त भईजाने निश्चित भएपछि मात्र कम्पनीमा गई रकम बुझाउनु होला । बुझाएको रकमको भौचर अनिवार्य लिनुहोला ।

२. आफु काम गर्न जाने मुलकामा रहेको नेपाली कुटनीतिक नियोगको सम्पर्क ठेगाना र फोन नम्बरहरु साथमा राख्नुहोला । आफु कठिनाईमा पर्दा सजिलो हुन्छ ।

३. यस विज्ञापन सूचनामा उल्लेख भएको भन्दा बढी रकम कसैलाई नदिनहोला ।
४. विदेश जानुअघि अभिमुखीकरण वा इडवरान तालिम अनिवार्य लिनुपने छ ।

५. विदेश जानुअघि आफु जाने मुलुक, काम दिने कम्पनी, पाउने सेवा तथा सुविधा र अन्य सर्तबारे राम्रोसंग पढेर मात्र सम्झौतापत्रमा हस्ताक्षर गर्नु होला र सो को एक प्रति आफुसंग राख्नुहोला ६.काममा विदेश जाँदा नेपालको विमानस्थल प्रयोग गर्नुहोला अन्यथा ठगिने सम्भाव्यता हुन्छ ।

७. यस विज्ञापन सम्बन्धमा थप केहि बुझ्नुपरेमा वैदेशिक रोजगार विभाग बुद्धनगरमा सम्पर्क गर्नुहोला ।-साझा सबाल

२०७८ आश्विन ४, सोमबार प्रकाशित 1 Minute 83 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।