
जुन ३०, रियाद : साउदी अरेबियमा कारको ठक्क’रबाट ज्यान गुमा-एका मृतक परिवारले श-व स्वदेश ल्याउन आलटाल भएको गुना’सो गरेका छन् ।
साउदी अरेबियमा कारको ठ’क्करबाट गत ६ जेठ राति ज्यान गुमाएका खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ दोर्पाचिउरीडाँडाका ३१ वर्षीय सोनिल राईको शव स्वदेश ल्याउन आलटाल भएको गुना-सो गरेका हुन् ।
रेस्टुरेन्ट वर्करको रूपमा गत २६ माघमा अहमद नाजी फलेह अल डोसारी रेस्टुरेन्ट फर सर्भिङ मिल्समा पुगेका राईको सडक पार गर्नेक्रममा कारको ठक्करबाट मृ-त्यु भएको थियो । उनी मासिक एक हजार रियल पाउने गरी काठमाडाैं एचआर
सोलुसन प्रालिमार्फत साउदी अरेबिय पुगेका थिए । ड्युटीमा जानेक्रममा कारले ठक्कर दिँदा उनको घट-नास्थलमै मृ-त्यु भएको थियो ।
तर मृ-त्यु भएको महिना दिन बितिसक्दा पनि श-व स्वदेश फर्काउन ढिलाइ भएको श्रीमती जुनकला राई गु’नासो गर्छिन् । पाँच वर्षकी छोरी र अढाइ वर्षका छोरासहित घर सम्हालेर बसिरहेकी जुनकला श्रीमानको श-व आउन ढिलाइ भएपछि
सोमबार काठमाडाैं पुगेकी छन् । उनी हाल बच्चा च्यापेर आफन्तसँग मेनपावरको कार्यालय र वैदेशिक रोजगार बोर्डको सचिवालय धाइरहेकी छन् । मेनपावर कम्पनीले कागजात मिलिसकेकाले श-व आउँछ भन्दै पटक-पटक ढाँटेको आफन्त हिराधन चाम्लिङले बताए ।
हप्ता दिनपछि शव आउँछ भनेको पनि दुई-तीन हप्ता बितिसक्यो । आठ-नौ पटक मेनपावर धा-इसक्यौं,’ राईले भने, दूतावासले सहयोग गरिरहेकै छ तर मेनपावरले चासो दिइरहेको छैन ।
श-व आइहाल्छ भन्दै पन्छाइरहेको छ ।’ विदेशबाट शव ल्याउन मेनपावर कम्पनी, वैदेशिक रोजगार बोर्डको सचिवालय र दूतावासको महत्वपूर्ण भूमिका रहन्छ ।