
जुन २७,अन्टारियो : क्यानाडाभरि बेरोजगारी दर निकै कम रहेको तथ्यांक आइरहेका बेला यहाँका विभिन्न क्षेत्रमा कामदार अभाव देखिएको छ।
खासगरी रेस्टुरेन्ट र होटलहरु कामदार अभावका कारण प्रभावित भएका छन्। २०२२ को दोस्रो त्रैमासिकमा कामदार अभाव चर्किएको हो। ‘स्टाटिस्टिक्स क्यानाडा’ को नयाँ सर्वेक्षणबाट यस्तो पाइएको हो।
आवास र खाद्य सेवाका क्षेत्रमा करिब दुई तिहाइ (६४ प्रतिशत) व्यवसायहरुले अझै आगामी तीन महिनासम्म कामदार अभाव खेप्नुपर्ने अवस्था देखिएको अध्ययनमा पाइएको छ।
यो अरु क्षेत्रमा देखिएको अभावभन्दा बढी हो।
२०२२ अप्रिलको सुरुदेखि मे महिनाको सुरुआतसम्म ‘स्टाटिस्टिक्स क्यानाडा’ ले यसबारे सर्वेक्षण गरेको थियो।
त्यस अवधिमा धेरै रोजगारदाता भएका व्यवसायहरुले पनि आगामी तीन महिनामा आफ्ना कर्मचारी गुमाउने जो-खिममा रहेको बताएका थिए।
यस्तो अवस्थाबाट राहत पाउन कार्यरत कामदारहरुलाई थप समय काममा राख्नुपर्ने अवस्था आएको उल्लेख गरिएको छ।
क्यानाडाको हालको मु-द्रास्फीति ७.७ प्रतिशत पुगेको छ। यो करिब चार दशकयताकै उच्च भएको जनाइएको छ।
हालैको एउटा रिपोर्टमा आर्थिक सहयोग र विकास संगठन (ओइसीडी) ले क्यानाडामा श्रम अभाव र ज्यालाको दबाबको अवस्थालाई उल्लेख गरेको थियो।
यस्ता समस्या समाधान गर्नका लागि आप्रवासी आगमन उच्च हुनुपर्नेमा जोड दिइएको थियो। धेरै संख्यामा कामदारहरु राख्ने गरेका कतिपय व्यवसायहरुमा पछिल्लो समय कामदारको अभाव देखिएको हो।
१९ भन्दा कम कामदार भएका ठूला व्यवसायहरुले आगामी तीन महिनामा साना व्यवसायको तुलनामा श्रमिक अभाव बढी ब्यहोर्नुपर्ने जनाइएको छ।
कामदार अभाव खेपिरहेका करिब ५८ प्रतिशत व्यवसायहरुले तत्कालै नयाँ कर्मचारी भर्ना गर्ने अवस्था पनि नरहेको उल्लेख गरिएको छ। गत वर्षभन्दा यसपटक नयाँ भर्ना लिनु चु-नौतीपूर्ण रहेको जनाइएको छ।
कतिपय व्यवसायहरुमा दक्ष कामदार र कर्मचारीको अभावका कारण समस्या परिरहेको व्यवसायीहरुको भनाइ छ।
प्रतिवेदनमा आगामी तीन महिनामा निर्माण क्षेत्रका ४९.५ प्रतिशत र उत्पादन क्षेत्रका ४७.४ प्रतिशत व्यवसायहरुले दक्ष श्रमिक भर्ती गर्न चुनौतीहरुको सामना गर्नुपर्ने सम्भावना औंल्याइएको छ।
यसैगरी खाद्य सेवा र स्वास्थ्य हेरचाह अनि सामाजिक सहायताको क्षेत्रमा पनि यस्तै समस्या पाइएको छ।
प्राविधि र वैज्ञानिक प्रकृतिका क्षेत्रहरुमा पनि कर्मचारी अभावको अवस्था देखिएको छ।
दक्ष कामदारहरुलाई आकर्षित गर्न र मुद्रास्फीतिको समयमा पुरानालाई निरन्तरता दिन व्यवसायहरु हालको ज्याला योजनाहरु समायोजन गर्ने द-बावमा रहेको जनाइएको छ।
कतिपय व्यवसायले मुद्रास्फीतिका कारण ज्याला समायोजनमा क-ठिनाइ भएको बताउँदै आएका छन्। २०२२ को पहिलो त्रैमा-सिकमा ४५ प्रतिशत व्यवसायहरुले आउँदो वर्षमा
ज्याला बढाउने योजना बनाएको बताएका थिए। जीवनयापनको लागत उच्च बन्दै गएपछि कामदारहरुले रोजगारदाताबाट ज्याला वृद्धिको अपेक्षा गरिरहेका छन्। नेपाल टच