२०७९ श्रावण २२ आईतवार
  • काठमाडौँ

पाकिस्तानले ऋ-ण तिर्न नसकेपछि कश्मिरको केही भाग चीनलाई दिने !

जुन २६, एजेन्सी : चीनको ऋ-णले दबिएको पाकिस्तान दिनप्रतिदिन आर्थिक संकटको दलदलमा फसेको छ । अब यो ऋणबाट छुटकारा पाउन उसले कश्मीरको गिलगिट–बाल्टिस्तान

क्षेत्रलाई चीनलाई सुम्पन सक्छ । गिलगिट–बाल्टिस्तान पाकिस्तान नियन्त्रित कश्मिर (पीओके) मा छ । यदि यस्तो भयो भने भारतको तनाव गम्भीर स्थितिमा पुग्न सक्छ ।

यसो गर्दा पाकिस्तानले चीनको ऋण तिर्नबाट केही राहत पाउन सक्छ, तर अमेरिका यो कारबाहीबाट दुखी र आक्रोशित हुन सक्छ । जसका कारण पाकिस्तानलाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट प्राप्त हुने सहयोगमा पनि कठिनाइ हुन सक्छ ।

अर्कोतर्फ दक्षिण एसियामा आफ्नो प्रभुत्व बढाउने अवसर खोजिरहेको चीनको लागि यो ठूलो अवसर हुन सक्छ, किनभने चीन पाकिस्तान आर्थिक कोरिडोर (सीपीइसी) गिलगिट–बाल्टिस्तान हुँदै जान्छ।

विज्ञहरूका अनुसार गिलगिट–बाल्टिस्तानको क्षेत्र आगामी दिनमा द्वन्द्वको नयाँ केन्द्र रूपमा देखा पर्न सक्छ । तर, चीनका लागि यो क्षेत्र कब्जा गर्न सजिलो हुनेछैन । अन्तर्राष्ट्रिय विरोधको साथसाथै, गिलगिट–बाल्टिस्तानमा बस्ने मानिसहरू यसको विरुद्ध सडकमा आउन सक्छन्।

अल अराबिया पोस्टलाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआइले जनाएअनुसार सीपीइसीलाई लिएर पहिले नै गिलगिट बाल्टिस्तानका मानिसहरू आक्रोशित छन्। गिलगिट–बाल्टिस्तान क्षेत्रमा सरकारले पहिले नै स्थानीय प्रशासनलाई कम अधिकार दिएको छ।

गिलगिट–बाल्टिस्तानका मानिसहरू रोजगार, बिजुली, शिक्षा जस्ता अत्यावश्यक सेवाहरूको अभावका कारण समस्यामा छन्। एक रिपोर्ट अनुसार पाकिस्तानमा हुने कुल आत्महत्याको ९ प्रतिशत यस क्षेत्रमा मात्रै हुने गर्दछ।

अर्कोतर्फ, गत वर्ष अफगानिस्तानबाट बाहिरिएपछि अमेरिका चीनलाई गिलगिट–बाल्टिस्तान कब्जा गर्न दिने अवस्थामा छैन । अमेरिकी नेता बब लान्सियाका अनुसार यदि गिलगिट–

बाल्टिस्तानको क्षेत्र भारतमा भएको भए वा स्वतन्त्र देश भएको भए अमेरिकाले चीनलाई उचित जवाफ दिन सक्ने थियो । अफगानिस्तानमा हतियार पु-र्याउन अमेरिकी सेना पाकिस्तानमा भर पर्दैन।दैनिक न्युज नेपाल

२०७९ असार १३, सोमबार प्रकाशित 1 Minute 202 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार