
असार १२, काठमाडौं : कतार एअरवेजले आफ्नो विमानको पेन्ट उक्किएपछि विमान निर्माता कम्पनी एअरबससँग १ अर्ब अमेरिकी डलर क्षति-पूर्ति मागेको छ।
आफूले बनाउन दिएको विमानमा राम्रो काम नगरेका कारण सो विमानको रङ उक्किएको भन्दै कतार एअरवेजले एअरबससँग क्षति-पूर्ति माग गरेको हो।
एएफपीका अनुसार कतार एअरवेजको २३ ए३५० जेट विमानको रङ उक्किएको छ जसकारण सो विमानलाई हाल प्रयोगमा ल्याइएको छैन।
कतार एअरवेजका कार्यकारी प्रमुख अकबल अल बाकरका अनुसार एअरबसले खराब काम गरेको छ र क्षति-पूर्ति दिन आनाकानी गरिरहेको छ।
आफू एअरबसको इमानदार ग्राहक भएकाले उनीहरुको दादागिरी नसहने उनले बताएका छन्। यतिबेला बेलायतको अदालतमा एअरबसवि-रुद्ध मु’द्दा दायर भएको छ। कतार एअरवेजले क्ष’तिपूर्ति माग गरिरहेको छ।