२०८० आश्विन १४ आईतवार
  • काठमाडौँ

साउदी रोजगार – १५ हजार बढी अबैध कामदार पक्राउ, नेपाली कति ?

साउदी अरब : साउदी सरकारले गैर कानुनी कामदार पक्रा’उ तीव्र पारेसँगै थप १५ हजार ४१६ जना आप्रवासी नागरिक प’क्राउ छन् ।

एक साताभित्र राज्यका विभिन्न क्षेत्रबाट रेसिडेन्सी, श्रम ऐन र सीमा सुरक्षा नियम उल्लंघन गर्ने १५ हजार ४१६ जना प’क्राउ परेका छन् । साउदीको गृह मन्त्रालयका अनुसार १६-२२

जुनसम्म एक साताको अवधिमा सुरक्षा बलका विभिन्न इकाइले राज्यभर गरेको संयुक्त फिल्ड अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो । प’क्राउ पर्नेमा रेसिडेन्सी प्रणाली उल्लङ्घन गर्ने ९ हजार ५७२, सीमा सुरक्षा नियम उल्लंघन गर्ने ३

हजार ७४७ र श्रम कानुन उल्लंघन गर्ने २ हजार ९७ जना रहेका छन् । राज्यमा सीमा पार गर्न खोज्दा ३३१ जना पक्राउ परेका थिए। उनीहरुमध्ये ४४ प्रतिशत यमनी, ४२ प्रतिशत इथियोपियाली र १४ प्रतिशत अन्य राष्ट्रका थिए ।

३१ उल्लङ्घनकारीहरू साउदी अरेबियाबाट बाहिर जानको लागि सीमा पार गर्न खोज्दा पक्राउ परेका थिए।.यी मध्ये कानुन उल्लङ्घन गरेर ओसारपसार गर्ने र आश्रय दिने १० जनालाई सुरक्षा बलले पक्राउ गरेको जवाजतलाई उद्धृत गर्दै साउदी गजेटले जनाएको छ।

यी सबैलाई स’जाय तथा कानुनी प्रक्रिया पुर्या¥एर देश निकाला गरिने जनाएको छ ।घु’सपैठ गर्ने, राज्य प्रवेशमा सहजीकरण गर्ने, ढुवानी, आश्रय दिने, कुनै सहयोग वा सेवा प्रदान गर्नेलाई १५ वर्षसम्म कैद र अधिकतम १० लाख साउदी

रियाल जरि’वानाको सजाय हुने त्यहाँको गृह मन्त्रालयले जनाएको छ । पछिल्लो समय साउदीले भिसाको म्याद सकिएर लुकिछिपी बस्ने आप्रवासीलाई लक्षित गरी धड्प-कड

अभियान तीव्र पारेसँगै गैर कानुनी रूपमा त्यहाँ कार्यरत सयौँ नेपालीहरू पक्रा-उ परेका, हाल उनीहरूलाई जेलमा राखिएको र जेल अवधि समाप्त गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी डिपोर्ट गरिने बताइएको छ ।

२०७९ असार १२, आईतवार प्रकाशित 1 Minute 195 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।