२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

अगस्ट महिना देखि कोरियन एयरले नेपालमा नियमित उडान गर्ने, कति लाग्छ भाडा ?

असार ८, सोल : कोरियन एयरले अगस्ट महिनादेखि प्रत्येक सोमबार र बुधबार सोल-काठमाडौं नियमित उडान गर्ने भएको छ । को’रोना महामा’रीका कारण रोकिएको उडान दुई वर्ष पछि पुनः सुरु हुन लागेको हो ।

चर्को कामदार अभाव खेपिरहेको कोरियाले कोरोना महामारी पछि सबै क्षेत्रको जनजीवनलाई सामान्य बनाउने नीति अपनाएको छ । सोही नीति अन्तर्गत कोरियाली राष्ट्रिय ध्वजावाहक कोरियन एयरले विभिन्न देशसँग रोकिएको

उडानहरु नियमित गर्न लागेको हो । यसअघि नै धेरै देशसँग नियमित उडान गरे पनि नेपालमा भने अगस्ट महिनादेखि उडान गर्ने भएको हो । महामारी पछि कोरियन एयरले चार्टर उडानको मार्फत काठमाडौ उडान गर्दै आएको थियो ।

यसरी गरिएको उडानमा यात्रुहरुले एकतर्फी उडान गर्दा सस्तोमा १० लाख ९० हजार वन (१ लाख ९ हजार रुपैयाँ) दुई तर्फी उडान भर्ने यात्रुले १९ लाख वन (१ लाख ९० हजार ) तिर्दै आएका थिए ।

चर्को शुल्क तिरे पनि कहिले उडान रद्द हुने र कहिले उडान तालिका परिवर्तन भइरहने समस्या भोग्दै आएका थिए ।
नियमित उडान भएसँगै लामो समयदेखि कोरिया आउन प्रतिक्षारत युवाहरु सहजै रोजगारका लागि यहाँ आउन पाउने छन् ।

साथै कोरियामा रहेका नेपालीले पनि अन्य एयर मार्फत नेपाल जान र कोरिया आउन ट्रान्जिटको झन्झटिलो व्यहोरिरहेका थिए । अब ट्रान्जिटको बाध्यता हट्ने छ । साथै उडान रद्द भइरहने समस्या पनि भोग्नु पर्ने छैन ।

कोरोना संक्रमणकाल भन्दा पहिले एकातर्फी उडानका लागि ६ लाख ८० हजार वन (६८ हजार रुपैया) दुई तर्फी उडान गर्ने यात्रुले ८ लाख ६० हजार (८६ हजार रुपैया) मात्रै यात्रुले तिरे पनि इकोनोमी क्लासको टिकट पाइन्थ्यो ।

कोरियन एयरले नियमित उडान गर्ने भए शुल्क केही कम हुने भए पनि पहिलेकै शुल्क भन्दा बढि नै मूल्य तोकिएको छ । अगस्ट महिनाको लागि भनेर कोरियन एयरले एकतर्फी उडानका लागि ईकोनोमी क्सासको टिकट सबै भन्दा सस्तो ९ लाख वन (९० हजार) तोकेको छ भने दुई तर्फी उडानका लागि १६ लाख वन (१ लख ६० हजार) लाग्ने जनाएको छ ।

२०७९ असार ८, बुधबार प्रकाशित 1 Minute 437 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।