२०७९ असार १५ बुधबार
  • काठमाडौँ

चरा सग ठोकिएपछि इन्डिगोको विमानमा आकस्मिक अवतरण !

इन्डिगोको विमानमा चरा ठोकिएपछि आकस्मिक अवतरण !

असार ६, एजेन्सी : गुवाहाटीबाट दिल्लीका लागि उडेको इन्डिगोको विमानमा चरा ठोकिएको छ । आइतबार उडेको केही मिनेटमै चरा ठो-क्किएपछि विमानलाई गुवाहाटी

विमानस्थलमा फर्काइएकाे थियो । अवतरणपछि सबै यात्रुहरूलाई दिल्ली जाने अर्को उडानमा राखिएको थियो र विमानको निरीक्षण गरिएको थियो । गुवाहा-टीबाट दिल्लीका लागि उडेको इन्डिगो एयरबस भीटी–आइटीबी अपरेटिङ उडान ६ इ

६३९४ मा शंकास्पद चरा ठो-किएपछि गुवाहाटी एयरपोर्टमा नै फर्किएको थियो, इन्डिगोले एक विज्ञप्तिमा भनेको छ ।
एकै दिनमा विमानले आकस्मिक अवतरण गरेको यो दोस्रो घट-ना हो ।

आइतबार नै पटनाबाट नयाँ दिल्लीका लागि उडेको स्पेस जेटको विमानको बायाँ इन्जिनमा चरा ठो-किएपछि आगो लागेको थियो । आगो लागेपछि विमानलाई फर्काएर पटनामै सुरक्षित ढंगले अवतरण गरिएको थियो ।

२०७९ असार ६, सोमबार प्रकाशित 1 Minute 118 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार