
काठमाडौ : रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जान नपाएका नेपाली युवालाई दुईवटा श’र्तसहित लैजाने सम्बन्धमा अन्तिम तयारी सुरु भएको छ ।
कोरियन पक्षले नेपालबाट सीधा उडान र कडा स्वास्थ्य मा’पदण्ड पूरा गरी रोकिएका १० हजारभन्दा बढी युवालाई लैजाने गरी तयारी अगाडि बढाएपछि नेपाल पक्ष पनि अन्तिम तयारीमा जुटेको छ ।
कोरियाबाट फर्केका श्रमिकहरुको संस्था अंकुर नेपाल, वैदे’शिक रोजगार विभाग इपीएस शाखा नेपाल र मानव संशाधन विकास बोर्ड (एचआरडी) कोरियाबीच यस विषयमा छलफल भएको छ । इपीएस अन्तर्गत रोकिएका नेपाली युवालाई रोजगारीका लागि कोरिया जाने वातावरण बनाउन नेपाल र कोरियाबीच निरन्तर
भइरहेको छलफलपछि रोकिएका नेपाली जाने सम्भावना बढेको छ । काेरियाले राखेका तीन सर्तहरू नेपाल पक्षले पुरा गरेपछि अब काेरियन पक्षलाई नलिई नहुने द’बाब छ ।
सम्भवतः चाडै यस विषयमा उचित निर्णय हुनेछ इपिएस काेरिया शाखा ग्वार्काेका एक अधिकारीले भने ।ठ्याक्कै यहि मितिमा सुरु हुन्छ भन्ने अवस्था छैन तर अब विगतको जस्तो स्थिति हुदैन काम अगाडि बढ्छ उनलेे भने । -यो खबर हाम्रा खबर डट् कम् मा प्रकाशित छ।