२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

साउदीका अधिकारीले किन धमाधम इन्द्रेणी रङका खेलौना जफत गर्दैछन् ?

साउदी अधिकारीले किन धमाधम इन्द्रेणी रङका खेलौना जफत गर्दैछन् ?

जुन १७, रियाद : समलैंगिकतावि’रुद्धको कदमको एक अंशकाे रूपमा साउदी अरेबियाका अधिकारीहरूले राजधानीका पसलहरूबाट इन्द्रेणी रङका खेलौना र कपडाहरू नियन्त्र’णमा लिइरहेका छन् ।

राज्य सञ्चालित अल–अरेविया समाचारस्टेसनको रिपोर्टअनुसार इन्द्रेणी रंगको रिबन, स्कर्ट, क्याप र पेन्सिल झोलाहरू समावेश छन् । अधिकांश साना बच्चाहरूको लागि डिजाइन गरिएको बताइएको छ ।

अभियानमा संलग्न वाणिज्य मन्त्रालयका एक अधिकारीले भने, ‘हामीले युवा पुस्तालाई लक्षित गर्दै इस्लामिक आस्था र सार्वजनिक नैतिकताविपरीत र समलैंगिकतालाई बढावा दिने वस्तुहरूलाई हटाएका छौं । ’

इन्द्रेणी झण्डातर्फ इशारा गर्दै एक पत्रकार भन्छन्, ‘रियादको एउटा बजारमा समलैंगिकता झण्डा छ ।’ रंगले बच्चाहरूलाई ‘विषाक्त सन्देश’ पठाउँछ, रिपोर्टमा भनिएको छ । इस्लामिक सरिया कानूनको व्याख्याका लागि कुख्यात साउदी अरबमा समलैंगिकतालाई अप-राध मानिन्छ ।

२०७९ असार ३, शुक्रबार प्रकाशित 1 Minute 208 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।