२०७९ आश्विन १९ बुधबार
  • काठमाडौँ

साउदी रोजगार – अब देखि चर्को घाममा काम लगाउन नपाइने !

जुन १४, साउदी अरब : साउदी सरकारले कुनै पनि कामदारलाई चर्को घाममा काम नलगाउन रोजगारदाता कम्पनीहरूलाई चेता-वनी दिएको छ।

साउदीको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालय(श्रम मन्त्रालय)ले १५ जुनदेखि सेप्टेम्बर १५ सम्म दिउँसो १२ बजेदेख ३ बजेसम्म कुनै पनि कामदारलाई काममा लगाउन नपाउने सूचना जारी गरेको छ।

यो तीन महिनामा त्यहाँ चर्को घाम हुन्छ। जसका कारण कैयौं कामदारहरू विरामी पर्ने र गम्भी-र पक्षघात भएर मृ-त्युसमेत भएका समाचारहरू हरेक वर्ष सार्वजनिक हुँदै आएका छन्।
मन्त्रालयले कुनै पनि रोजदारदाता वा कम्पनीहरूले नियम

विपरीत काममा लगाएको पाइएमा उनीहरूलाई कारबाही हुने चेता-वनी पनि दिएको छ। त्यसका लागि कुनै पनि कम्पनीले कामदारलाई चर्को घाममा काम गर्न बाध्य पार्ने छैन।

कामदारलाई यस्तो गर्न बाध्य पारे कामदाहरूले मन्त्रालयको गु’नासो सुन्ने नम्बर १९९११मा फोन गरेर आफ्नो समस्या वा गुना’सो टिपाउन सक्नेछन्। यो नम्बरमा फोन गर्न पैसा लाग्दैन।
यसबीचमा रियादस्थित नेपाली दूतावासले पनि यो सूचना नेपाली कामदारलाई दिएको छ।

दूतावासले नेपाली कामदारमाथि त्यहाँका कम्पनी सुपरभाइजर तथा अन्य व्यक्तिहरूले बिनाआधार कु’ट-पि’ट गर्ने, हिंसा गर्ने अनि जव-र्जस्ती गर्ने गरेका गुना-साहरू पनि दूतावासमा आइरहेको भन्दै सचेत रहन अपिल पनि गरेको छ।

दूतावासले त्यस्तो भएमा तुरन्त प्रहरी, मन्त्रालय वा दूतावासमा पनि सम्पर्क गर्न पनि भनेको छ। कम्पनीका सुपरभाइजरले वा क्याम्प बोस वा यस्तै अन्य व्यक्तिले कामदारको गल्ती नै नभएको बेलामा पनि कु’ट-पि’ट गर्ने तथा विभिन्न प्रकारका

शारीरिक हिं-सा गर्ने गरेको गुना-सो दूतावासमा आउने गरेको छ’ उसले भनेको छ यदि यस्तो अवस्था छ भने प्रहरीलाई ९११ मा तुरून्तै सम्पर्क गर्न सकिनेछ।

कु’ट-पि’ट र शारीरिक हिंसा बाहेक कम्पनी वा रोजगारदातासँग कामदारको समस्यासँग सम्बन्धित विषयमा कुनै गुना-सा छन् भने श्रम मन्त्रालयको टोल-फ्री नं १९९११ मा सम्पर्क गर्न सक्नुहुनेछ।

प्रवास खबर बाट

२०७९ जेष्ठ ३१, मंगलवार प्रकाशित 1 Minute 95 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार